कारोबार


साना उद्योगीलाई नबिल बैंकले ३५ घण्टामै ७५ लाखसम्म कर्जा दिने

साना उद्योगीलाई नबिल बैंकले ३५ घण्टामै ७५ लाखसम्म कर्जा दिने

नेपालखबर
पुस ७, २०७६ सोमबार ८:५७,

नबिल बैंकले ३५ घण्टामै कर्जा दिने भएको छ। ‘नबिल सजिलो एक्स्प्रेस कर्जा’ योजनाअन्तर्गत बैंकले कर्जा दिने बताएको हो।

बैंकले क्रेडिट स्कोरिङ मोडलमार्फत ३५ घण्टामै कर्जा स्वीकृत हुने बताएको छ। नेपालमा पहिलोपटक साना तथा मझौला उद्यमीलाई (एसएमई)३५ घण्टामा कर्जा योजना आएको बैंकले दाबी गरेको छ।

nabil sajilo suru 2

साना तथा मझौला उद्यमीले अधिकतम १०.५ प्रतिशतमा कर्जा प्राप्त गर्ने बैंकले जानकारी दिएको छ। उद्यमीले ७५ लाखसम्मको कर्जा पाउनसक्ने बैंकका सीईओ अनिलकेशरी शाहले जानकारी दिए ।

‘साना तथा मझौला उद्यमीलाई कसरी नेपालमा प्रोत्साहन गर्न सकिन्छ भनेर नबिल सजिलो एक्स्प्रेस कर्जा ल्याएका हौँ’, उनले भने, ‘यो कर्जा योजना युकेएड सक्षमको सहयोगमा कार्यान्वयन गर्दै छौं।’

nabil sajilo suru 3

उनले युके एड सक्षमबाट फण्ड मात्रै नभई प्राविधिक सहयोग पाएको बताए। युकेएड सक्षमले नबिल बैंकलाई एसएमई कर्जा र दुर्गम गाउँमा शाखा विस्तारको लागि सहयोग गरेको छ।

शाहले नबिल बैंक कर्पोरेट र पूर्वाधार क्षेत्रमा ऋण लगानीमा एक नम्बर भएको भन्दै अब एसएमई कर्जामा पनि एक नम्बरको बन्ने बताएका छन्। ‘अब बैंकको भविश्य भनेकै एसएमई हो, त्यसैले हामीले यसमा बढी फोकस गरेका छौं,’ उनले भने।

भिडियाे हेर्नुहाेस्ः 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad