कारोबार


तोलामा ४ सयले बढ्यो सुनको मूल्य

तोलामा ४ सयले बढ्यो सुनको मूल्य

नेपालखबर
मंसिर १८, २०७९ आइतबार १३:२, काठमाडौँ

सुनको मूल्य शुक्रबारको तुलनामा आइतबार चार सय रुपैयाँले बढेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन र तेजाबी सुन क्रमशः ९९ हजार १ सय र ९८ हजार ६ सय रुपैयाँ प्रतितोला कारोबार भएको थियो। 

आइतबार दुवै सुन समान ४ सय प्रतितोला बढेर ९९ हजार ५ सय र ९९ हजार रुपैयाँमा कारोबार भएको हो। 

यता चाँदीको मूल्य १ हजार ३ सय ४५ रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ३ सय ७० रुपैयाँ प्रतितोला कारोबार भएको महासंघले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad