ad ad

कारोबार


अटो व्यवसायी आन्दोलित : यस्ता छन् १० माग (सूची)

अटो व्यवसायी आन्दोलित : यस्ता छन् १० माग (सूची)

नेपालखबर
मंसिर १६, २०७९ शुक्रबार १७:२१, काठमाडौँ

अटो व्यवसायीको संगठन नाडाले १० वटा माग राख्दै आन्दोलन घोषणा गरेको छ। 

गाडी आयात खुलाउने र नगद मार्जिन हटाउने व्यवस्था माग गर्दै मंसिर २२ गते माइतीघरमण्डलामा धर्ना दिने भएको हो। 

पहिलो चरणको कार्यक्रम घोषणा गर्दै अटो व्यवसायीले आफूहरुले चढ्ने गाडीको अगाडि नारा टाँसेर हिँड्ने बताएका छन्। नाडाले बनाएका १२ नारालाई ब्यानर बनाएर आफ्नो शोरुममा टाँस्ने निर्णय पनि गरिएको छ। 

नाडाले आफ्नो विरोध कार्यक्रममा सहभागी हुन नेपाल उद्योग वाणिज्य महासंघमा आबद्ध वस्तुगत संगठन र जिल्ला नगर उद्योग वाणिज्य संघहरु, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्सलाई समेत औपचारिक पत्रमार्फत सहयोग माग्ने भएको छ। 

२२ गते बिहीबारका दिन व्यवसायीहरुले कालो पहिरन लगाई प्लेकार्ड बोकी बिहानको ११ बजेदेखि २ बजेसम्म काठमाडौंको माइतीघरमण्डलामा धर्ना दिने र साथै सातै प्रदेशमा एकै पटक धर्ना कार्यक्रममा बस्ने भएका छन्। 

नाडाले यही मंसिर २२ गतेसम्म पनि हाम्रो मागको सम्बोधन नभएमा पहिलो चरणको कार्यक्रम २२ गते समापन गरी दोस्रो चरणको आन्दोलनको कार्यक्रम पुनः सार्वजनिक गर्ने जानकारी गराएको छ। 

यी हुन् नाडाका १० माग 

  • १.   विगत ८ महिना देखि नीजि प्रयोजनका कार, जीप  भ्यान तथा १५० सि.सि माथिका दुई पाँग्रे सवारी साधनहरुको आयातमा लागेको प्रतिवन्ध तत्काल खोल्नु पर्ने।
  • २.    नेपाल राष्ट्र बैँकद्धारा जारी चालु पूँजी कर्जा मार्गदशर्न, २०७९ तत्कालका लागि स्थगित गर्दै अनुकुल समयमा आवश्यक परिमार्जन सहित व्यवसायीहरुको सल्लाहमा लागु गरिनु पर्ने। 
  • ३.    शतप्रतिशत नगद मार्जिन र पचास प्रतिशत नगद मार्जिन राखेर प्रतित पत्र खोल्नु पर्ने व्यवस्थालाई पहिलेकै अवस्थामा ल्याउनुपर्ने  
  • ४    नेपालको वित्तिय निकायहरुले यही २०७९ साल कार्तिक १ गते देखि लागु हुनेगरी कर्जा प्रवाहमा व्याज बढाउने निर्णय गरेको छ। यसले नेपालको अटोमोवाइल क्षेत्र लगायत समग्र उद्योग व्यवसायनै गम्भिर रुपले प्रभावित भएको कारण  व्यवसायीहरुले व्याज नै तिर्न नसक्ने अवस्था आउने देखिएको छ। हालकोे व्याज तथा प्रिमियम दर लाई तत्कालै नियन्त्रणमा राख्नको लागि आवश्यक व्यवस्था गर्नु पर्ने। 
  • ५.    अटोलोन/हायर पर्चेज कर्जामा जोखिम भारलाई १५० प्रतिशतबाट पुरानै अवस्थामा ल्याउनु पर्ने अर्थात ७५ प्रतिशत नै कायम गरिनु पर्ने।
  • ६    बैंकहरुको तरलता अभावलाई सहज बनाउन सिडी रेसियोलाई पूनरावलोकन गर्नु पर्ने। 
  • ७.    बैकहरुबाट सवारी साधनको हायर प्रचेज लोन स्वीवृmत भए पश्चात जारी गरिने डेलिभरी ओर्डर (डीओ) बापतको भुक्तानी समयावधि सवारी साधन बैंकको नाममा नामसारी भएको एक हप्ताभित्र गरिनु पर्ने। 
  • ८.    त्यस्तै बैकहरुबाट निजी सवारी साधनको हायर प्रचेज लोन प्रवाह गर्ने प्रकियामा लोन टु भ्यालु रेसियोको हालको सिमा पचास प्रतिशतबाट वृद्घि गरी सत्तरी प्रतिशत कायम गर्नु पर्ने।
  • ९.    पुनर्कर्जा नविकरण गर्ने म्याद एक बर्षको लागि थप गरिनु पर्ने।
  • १०.    कोभिड तथा आयात प्रतिवन्धका कारण लामो समय देखि थला परेको अटोमोवाइल व्यवसायको पुनरुत्थानका लागि कर्जामा पुनर्तालिकीकरण तथा व्याजदरमा विशेष सहुलियतको व्यवस्था गरिनु पर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .