कारोबार


सर्लाहीको लालबन्दीमा एभरेष्ट बैंकले खोल्यो १२३औँ शाखा

सर्लाहीको लालबन्दीमा एभरेष्ट बैंकले खोल्यो १२३औँ शाखा

नेपालखबर
मंसिर १५ , काठमाडौँ

एभरेष्ट बैंक लिमिटेडले सर्लाहीको लालबन्दीमा आफ्नो १२३औँ शाखा उद्घाटन गरेको छ।

उक्त शाखाको उद्घाटन लालबन्दी नगरपालिकाका मेयर वासुदेव अधिकारी र एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ्गले संयुक्त रुपमा गरेका हुन्। 

उक्त उद्घाटन समारोहमा लालबन्दी उद्योग वाणिज्य संघका अध्यक्ष दिपेन्द्र कुमार बलमपाकी, लालबन्दी नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष लाल बहादुर योञ्जन, हुलास गु्रपका महाप्रबन्धक मोती लाल टटेर, बैंकका मधेश प्रदेशका प्रादेशिक–प्रबन्धक विभूती न्यौपाने साथै बैंकका बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्पराज उप्रेतीलगायत अन्य विशिष्ट व्यक्तिहरुको उपस्थिति थियो । 

सो उद्घाटन समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत खालिङ्गले लालबन्दी र सो आसपासका बासिन्दाहरुलाई अत्याधुनिक तथा गुणस्तरीय बैंकिङ्ग सेवा प्रदान गराउने आश्वासन व्यक्त गरे। योसँगै मधेश प्रदेशमा बैंकको शाखा संख्या १३ पुगेको छ ।

साथै बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शिव शक्ति माध्यामिक विद्यालय, बटेश्वर गाउँपालिका वडा नं. ४, धनुषामा ई–पुस्तकालय निर्माणको लागि आफन्त नेपाललाई  ५० हजार रुपैयाँको चेक समेत हस्तान्तरण गरेको छ। 

एक समारोहका बिच बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत खालिङ्गले आफन्त नेपालका प्रबन्धनिर्देशक जय प्रकाश मण्डललाई सो चेक हस्तान्तरण गरेका हुन्। 

बैंकका १३ लाख ग्राहक छन् भने देशैभर १२३ शाखा, ३ एक्सटेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय, १५७ एटीएमबाट सेवा दिइरहेको छ। 

मंसिर १५, २०७९, बिहीबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
पिनाकी राय
बिजनेश एड्भाइजर
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.