ad ad

राजनीति


मधेशबाहेक प्रदेशमा पनि समानुपातिकमा एमाले पहिलो, कांग्रेस दोस्रो, हेर्नुहोस् तथ्यांक

मधेशबाहेक प्रदेशमा पनि समानुपातिकमा एमाले पहिलो, कांग्रेस दोस्रो, हेर्नुहोस् तथ्यांक

नेपालखबर
मंसिर १५, २०७९ बिहिबार १७:४१, काठमाडौँ

प्रतिनिधिसभा समानुपातिकतर्फ पहिलो स्थानमा रहेको नेकपा एमाले प्रदेशसभातर्फ पनि मधेशबाहेक सबैमा प्रथम छ। 

निर्वाचन आयोगको अपराह्न ५:२० बजेसम्मको तथ्यांकमा प्रतिनिधिसभातर्फ २७ लाख ६६ हजार ९ सय ७६ समानुपातिक मतका साथ एमाले पहिलो स्थानमा छ भने २६ लाख ३५ हजार ८ सय ५२ मतका साथ नेपाली कांग्रेस दोस्रो स्थानमा छ। 

समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रदेशमा पनि यी दुई दल पहिला र दोस्रा भएका छन्। यो खबर तयार पार्दासम्म प्रदेश नम्बर १ मा ६ लाख ३२ हजार ७ सय ४ मतका साथ एमाले पहिलो स्थानमा छ भने ५ लाख ३२ हजार ८ सय ४५ मतका साथ कांग्रेस दोस्रो स्थानमा छ। 

मधेस प्रदेशमा भने समानुपातिकमा कांग्रेस पहिलो स्थानमा छ। यो खबर तयार पार्दासम्म उक्त प्रदेशसभामा पहिलो स्थानमा रहेको कांग्रेसले ४ लाख १ सय ४४ समानुपातिक मत ल्याएको छ भने दोस्रोमा एमालेले ३ लाख ५१ हजार ७ सय ६८ मत पाएको छ। 

बागमती प्रदेशमा भने फेरि एमाले पहिलो छ। उसले यहाँ अहिलेसम्म ५ लाख ५४ हजार ६ सय ६२ समानुपातिक मत ल्याएको छ। यो प्रदेशमा पनि समानुपातिकमा कांग्रेस दोस्रो छ। उसले अहिलेसम्म ४ लाख ६३ हजार ५ सय २८ मत पाएको छ। 

गण्डकी प्रदेशसभामा पनि समानुपातिक मतमा एमाले पहिलो र कांग्रेस दोस्रो स्थानमा छ। यहाँ एमालेले अहिलेसम्म ३ लाख ४२ हजार ८ सय ७२ मत प्राप्त गरेको छ भने कांग्रेसले ३ लाख १९ हजार ४ सय ९ समानुपातिक मत ल्याएको छ। 

लुम्बिनी प्रदेशमा पनि समानुपातिकतर्फ पहिलो स्थानमा रहेको एमालेले अहिलेसम्म  ५ लाख ७० हजार ९ सय २१ मत ल्याएको छ भने दोस्रोमा कांग्रेसले ४ लाख ९९ हजार ९ सय ८६ मत पाएको छ। 

कर्णाली प्रदेशमा पनि समानुपातिकतर्फ एमाले पहिलो र कांग्रेस दोस्रो स्थानमा छन्। यहाँ एमालेले अहिलेसम्म १ लाख ८३ हजार ९ सय ५० र कांग्रेसले १ लाख ७० हजार ७ सय ५६ मत पाएका छन्।

सुदूरपश्चिम प्रदेशमा पनि समानुपातिक एमाले नै पहिलो स्थानमा छ भने कांग्रेस दोस्रो। यहाँ अहिलेसम्म एमालेले २ लाख ४८ हजार ८ सय ४० तथा कांग्रेसले २ लाख ४३ हजार ३९ समानुपातिक मत प्राप्त गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .