ad ad

कारोबार


पोखरा विमानस्थलकाे ग्राउण्ड ह्याण्डलिङकाे लागि बुद्ध एयरकाे निवेदन

पोखरा विमानस्थलकाे ग्राउण्ड ह्याण्डलिङकाे लागि बुद्ध एयरकाे निवेदन

फाइल फाेटाे


नेपालखबर
मंसिर १२, २०७९ सोमबार १३:१, काठमाडौँ

पोखरा विमानस्थलबाट सञ्चालन हुने आन्तरिक तथा बाह्य उडानका लागि ग्राउण्ड ह्याण्डलिङका लागि बुद्ध  एयरले नागरिक उड्डयन प्राधिकरणमा निवेदन प्रस्ताव दर्ता गरेकाे छ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आगामी जनवरी १ बाट शुरु हुने गरि बुद्ध एयरले सम्पूर्ण आन्तरिक तयारी गरेकाे हाे ।

 धेरै वर्षको मिहिनेत र खर्चपछि यो पूर्वाधार साकार भएको छ । अब यस विमानस्थलको भरपूर उपयोग गरेर धेरैभन्दा धेरै पर्यटक (आन्तरिक एवं वाह्य) पोखरा र सम्पूर्ण गण्डकी प्रदेशमा भित्र्याउन बाटो खुलेको छ ।

 विशेषतः गण्डकी प्रदेश र हरेक नेपालीको जिवनोस्तर उकास्न र सामान सम्पत्ति सिर्जना गर्ने बाटो पनि खुल्नेछन् ।

बुद्ध एयरले यस अन्तर्राष्ट्रिय विमानस्थलको शुरुवातबाटै पाँचवटा विमान रात्री–बिसान गरि साताको ३०० उडान भर्ने कार्यतालिका बनाएको छ । 

जसमा हरेक दिन नेपालगञ्ज, भैरहवा, भरतपुर र भद्रपुरबाट आन्तरिक उडान भर्नेछन् । अन्तराष्ट्रिय तर्फ साताको तीन दिन भारतको बनारस उडान भर्नेछन् । 

यसैगरि बुद्ध एयरले सम्बन्धित निकायमा दिनको दुई दिन भारतको नयाँदिल्ली र साताको ३ दिन देहरादुन उडान अनुमतिको लागि सम्बन्धित निकायमा निवेदन पेश गरेको छ ।

सानो उपत्यकामा अवस्थित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट जेट विमानहरुले अन्तर्राष्ट्रिय उडान भर्न के कस्ता प्रकारका जहाजहरु कुन गन्तव्य जान सकिन्छ भन्ने बारेमा पनि बुद्ध एयरका प्राविधिक टिम अध्ययनरत रहेको छ ।

 निकट भविष्यमै यस दिशातर्फ बुद्ध एयर अग्रसर हुने पनि विज्ञप्तिमा खुलाइएको छ ।

नयाँ विमानस्थल धेरै खर्चमा बनेको र सञ्चालन गर्न पनि बढी खर्च लाग्ने देखिन्छ । खर्च कम गर्न विमानस्थलको ग्राउण्ड ह्याण्डलीङ व्यवस्था एकीकृत हुन जरुरी छ ।

 बुद्ध एयर देशैभरि उसको गन्तव्यमा आफैले ग्राउण्ड ह्याण्डलिङ गरिराखेको छ । उसँग लामो समयको अनुभव र पर्याप्त जनशक्ति पनि रहेको छ । 

बुद्ध एयरले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउण्ड ह्याण्डलीङ कार्यको प्रस्ताव नेपाली नागरिक उड्डयन प्राधिकरणलाई बुझाएका छ । 

बुद्ध एयरले विज्ञप्तिमा आन्तरिक एवं भोलि आउने अन्तर्राष्ट्रिय वायु सेवाहरुले सस्तो तर गुणस्तरीय ग्राउण्ड ह्याण्डलिङ व्यवस्थाका लागि प्रतिवद्ध रहेको जनाएको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .