कारोबार


कठोर नीति लिएपछि अर्थतन्त्रमा सुधार आयो : गभर्नर अधिकारी

कठोर नीति लिएपछि अर्थतन्त्रमा सुधार आयो : गभर्नर अधिकारी

नेपालखबर
कात्तिक ३०, २०७९ बुधबार १८:३, काठमाडौँ

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकको कठोर नीतिका कारण नै अर्थतन्त्रमा सुधार आइरहेको दाबी गरेका छन्। 

बुधवार नेपाल बैंक लिमिटेडको ८६औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले अर्थतन्त्र खस्किरहेको बेलामा सरकार र राष्ट्र बैंकले लिएका कठोर निर्णयबाट नै अर्थतन्त्र सुधारोन्मुख रहेको बताएका हुन्। 

उनले अप्रिय लाग्ने तर अर्थतन्त्र सुधारका लागि अत्यावश्यक पोलिसिगत निर्णय नगरेको भए अर्थतन्त्रमा सुधारको संकेत नदेखिनेसमेत दाबी गरे। उनले विगतमा गरिएको पोलिसीगत निर्णयहरु अर्थतन्त्रलाई सुधार गर्न र स्थायित्व दिनका गरिएको स्पष्ट पारे। गभर्नर अधिकारीले राष्ट्र बैंकले लिएको पोलिसीले सकारात्मक रुपमा काम गरेको अहिलेको सुधारोन्मुख अर्थतन्त्रले पुष्टि गरेको बताए। 

उनले लामो समयदेखि बाह्य क्षेत्रमा धेरै पीडादायी स्थितीमा रहेको भए पनि चालू आर्थिक वर्षको तीन महिनाको तथ्यले वर्तमान आर्थिक स्थिति सन्तोषजनक देखाएको बताए।

असोज मसान्तसम्म आइपुग्दा भुक्तानी सन्तुलन १४ महिनापछि सकारात्मक बनेको उनको भनाइ थियो। गभर्नर अधिकारीले असोज मसान्तसम्म भुक्तानी सन्तुलन १२ अर्बले बढेको बताए। 

उनले अर्थतन्त्रलाई अहिलेको अवस्थामा ल्याउन आयात प्रतिवन्ध लगाउने लगायत धेरै नीति लिनुपरेको बताए। उनले आर्थिक वर्ष २०७९/८० को असोजसम्ममा आयत र निर्यात दुवै घटेको बताए।

असोजसम्ममा आयात ३५.७ प्रतिशत र निर्यात १६.२ प्रतिशतले घटेको बताए।

गभर्नर अधिकारीले लिक्विडिटीका कारणले कुनै पनि बैंकलाई अफ्ठ्यारोमा पार्ने स्थिति आउन नदिने दाबी गरे। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad