अहिलेको समयमा हामी सबै बिजुलीको उपलब्धता र सुविधाहरूसँग अभ्यस्त भइसकेका छौँ। बिजुलीविनाको हाम्रो जीवन हामी कल्पना पनि गर्न सक्दैनौँ। बिजुलीको बढ्दो प्रयोग संगै विद्युतीय क्षति पनि बढ्दो छ।
तर बिजुलीसँगै निम्तिने खतराहरूको अक्सर हामी बेवास्ता गरि रहेका हुन्छौँ। त्यसैले घर होस् या कल कारखाना, राम्रो गुणस्तरको वायरिङ्ग पाइपको प्रयोग गर्नु अत्यन्तै महत्वपूर्ण हुन्छ।
घर बनाउँदा मानिसहरु ईट्टा, सिमेन्ट, पाइप्स र फिटिङ् देखि लिएर इन्टेरियर–एक्स्टेरियर सम्म सबै कुराहरुको राम्रोसँग अध्ययन गर्छन् तर नेपालमा वायरिङ्गकै लागि छुट्टै किसिमको पाइप लगाउनुपर्छ भन्ने चेतना एकदमै कम छ। त्यसैले वायरिङ्गकै लागि बनेको पाइप प्रयोग गर्नुको सट्टा खानेपानीको लागि प्रयोग हुने पाइप अथवा कालो रंगको एचडीपीई पाइप प्रयोग भइरहेको पाइन्छ। तर यस्तो पाइपहरु वायरिङ्गको लागि बनेको नहुने हुँदा शर्ट सर्किट भएको खण्डमा यस्तो पाइपहरुले सुरक्षा दिन सक्दैन।
मंगलम वायरसेफ एफआरएलएस कन्ड्युट पाइप हो जुन आगो–प्रतिरोधी र धुवाँ कम गर्ने गुणहरू भएको तारको डक्टिङ ट्यूब हो। यी पाइपहरु निर्माण संरचनामा विद्युतीय तारहरू सुरक्षित बिछ्याउन कन्ड्युट फिटिंगसँग प्रयोग गरिन्छ। यसले बिजुलीको तारहरु बीच इन्सुलेट ब्यारियरको रूपमा सुरक्षा प्रदान गर्दछ। लामो समय सम्म टिकाउ यी पाइपहरु विशेष गरी, क्लोरिनेटेड पोलिविनाइल क्लोराइडलाई आगो लाग्न नदिन र धुवाँ उत्पादन सीमित गर्न इन्जिनियर गरिएको हुन्छ जसले गर्दा आगलागीबाट हुने मानवीय तथा धनसम्पत्तिको क्षति न्यूनीकरणमा पनि टेवा पुग्छ।
यस्तै दुर्घटनाहरु कम गर्ने उद्देश्यले मंगलम पाइप्सले वायरसेफ एफआरएलएस पाइप बजारमा उपलब्द गराएको छ। वजनमा धेरै हल्का र किफायती यी पाइपहरु धेरै टिकाउ हुने हुँदा मर्मत सम्भारको झन्झट हँुदैन। यसको मुख्य विशेषता भनेको कोरोजन रेसिस्टेन्ट, आगो नलाग्ने, नओसिने र नकोरिने हो। यसको जोइन्ट र फिटिङ्स स्लिप–अन सल्भेन्ट वेल्डेड कनेक्सनले बनेको हुँदा यिनीहरु छोटो समयमा नै बलियोसँग जोडिन्छन्।
मंगलमको वायरसेफ पाइपहरु १.३ मि.मि. देखि २.७ मि.मि. सम्मको मोटाईमा उपलब्ध छन्। यो लाइट, मेडियम र हेभी रेन्जमा २० देखी ३२ मि.मि. मोटाइमा उपलब्ध छ। यसको पाइप्स र फिटिङ्सहरु आईएस ९५३७ः३ मापदण्ड अनुसार बनाइएको छ। यस्तै टिकाउ, भरपर्दो, मजबुत र आगो प्रतिरोधी भएका कारण मङ्गलम पाइप्स सही छ।
Shares

प्रतिक्रिया