कारोबार


विद्युत् प्राधिकरणको लापरबाहीले तीनकुनेको मुख्य खानेपानी पाइपलाइनमा क्षति

मेलम्चीको खानेपानी नयाँ खानेपानी वितरण सञ्जालबाट वितरण गर्ने तयारी
विद्युत् प्राधिकरणको लापरबाहीले तीनकुनेको मुख्य खानेपानी पाइपलाइनमा क्षति

विद्युत प्राधिकरणको भूमिगत तार व्यवस्थापन कार्य र त्यसपछि खानेपानी पाइपमा क्षतिसँगै सडकभरि पानी।


नेपालखबर
कात्तिक २५, २०७९ शुक्रबार १६:२८, काठमाडौँ

आयोजना कार्यान्वयन निर्देशनालय (पीआईडी)सँग समन्वय नगरी नेपाल विद्युत प्राधिकरण, काठमाडौं उपत्यका पूर्व तथा दक्षिण वितरण प्रणाली आयोजनाले विद्युतलाइन भूमिगत गर्दा काठमाडौंको तीनकुनेमा अवस्थित मुख्य खानेपानी पाइपलाइनमा क्षति पुगेको छ ।

प्राधिकरणको आयोजनाले विद्युतलाइन भूमिगत गर्दा तीनकुनेमा रहेको मुख्य खानेपानी पाइपलाइनमा पुगेको क्षतिका बारेमा पीआईडीलाई जानकारी नगराएका कारण २४ गते काठमाडौंको सुन्दरीजलबाट बागमतीको प्रशोधित खानेपानी खुमलटार लैजाने क्रममा चुहावट भई तीनकुने क्षेत्र जलमग्न भएको हो।

क्षति भएको मुख्य पाइपलाइनको मर्मत तथा पुनःस्थापनाको कार्य कसरी अगाडि बढाउने र त्यसका लागि लाग्ने खर्चका सम्बन्धमा पीआईडीबाट अध्ययन सुरु भएको आयोजना उपनिर्देशक एवम् प्रवक्ता ई. चन्द्रकुमार पाँ श्रेष्ठले जानकारी दिए। 

उनले भने, ‘मुख्य पाइपलाइनको मर्मत एवम् पुनःस्थापनाका लागि लाग्ने सम्पूर्ण क्षतिपूर्ति रकम नेपाल विद्युत प्राधिकरण, काठमाडौं उपत्यका पूर्व तथा दक्षिण वितरण प्रणाली आयोजनाले व्यहोर्नुपर्ने जानकारी गराइएको छ।’

मेलम्चीको खानेपानी नयाँ खानेपानी वितरण संजालबाट वितरण गर्ने तयारीस्वरुप काठमाडौं उपत्यकाका विभिन्न स्थानमा विच्छ्याइएका खानेपानी वितरण पाइपहरुको परीक्षण गर्ने कार्य हाल भइरहेको कार्यालयले जनाएको छ। 

कार्यालयले खानेपानीका नयाँ पाइपलाइनहरु विच्छ्याइएका स्थानहरुमा सडक तथा ढल निर्माण एवम् मर्मत र विद्युतलाइन तथा टेलिफोनका तारहरु भूमिगत गर्ने कार्य सुरु गर्नुभन्दा अगाडि पीआईडीसँग समन्वय गर्न अनुरोध समेत गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .