कारोबार


निर्वाचन सफल पार्न उद्योग वाणिज्य महासंघले ब्याजदरसम्बन्धी आन्दोलन रोक्ने

निर्वाचन सफल पार्न उद्योग वाणिज्य महासंघले ब्याजदरसम्बन्धी आन्दोलन रोक्ने

नेपालखबर
कात्तिक २३, २०७९ बुधबार १८:५७, काठमाडौँ

नेपाल उद्योग वाणिज्य महासंघले निर्वाचनलाई सफल बनाउन ब्याजदर वृद्धिको विषयमा भैरहेको आन्दोलन रोक्ने भएको छ।

महासंघले बुधबार एक विज्ञप्ति प्रकाशित गरी उद्योगी व्यवसायीलाई आन्दोलन स्थगित गर्न भनेको छ। 

यही मंसिर ४ गते प्रतिनिधिसभा एवं प्रदेशसभा निर्वाचन हुन गैरहेको र लोकतान्त्रिक व्यवस्था एवम् खुला बजार अर्थतन्त्रका लागि निर्वाचन महत्वपूर्ण रहेको भन्दै महासंघले आन्दोलन स्थगित गर्न भनेको हो। 

हाल सञ्चालित विरोधका कार्यक्रम स्थगित गर्न महासंघले सम्पूर्ण प्रदेश च्याप्टर र सदस्य संस्थाहरूलाई आग्रह गरेको जनाएको छ। साथै निर्वाचन सफल पार्न आ–आफ्नो क्षेत्रबाट सहयोग पुर्याउन पनि महासंघले आग्रह गरेको छ।  

महासंघले निरन्तर सरकार एवं नेपाल राष्ट्र बैंकसँग सम्वादमा रहने आफ्ना सदस्यहरुलाई स्पष्ट पारेको छ।   

वार्ता एवं सम्वादका माध्यमबाट निजी क्षेत्रमा परेको समस्या समाधान हुनेमा महासंघ विश्वस्त रहेको भन्दै विज्ञप्तिमा निर्वाचन पछि पनि सरोकारवाला निकायबाट निजी क्षेत्रका माग सम्बोधन नभएमा महासंघले आर्थिक स्थायित्व एवं निजी क्षेत्रको हक हितका लागि थप कार्यक्रम घोषणा गर्ने जनाएको छ।

अहिले जिल्ला नगरहरुमा ब्याजदर बढेको विषयलाई लिएर आन्दोलन भैरहेको छ। 

महासंघले ब्याजदरमा स्थायित्व हुनुपर्ने विषय महासंघको पनि रहेको बताएको छ। नेपालमा तरलता अभावका कारण निरन्तर बढिरहेको कर्जाको ब्याजदरमा स्थायित्व कायम गर्नुपर्ने माग महासंघले अघि सारेको छ। साथै, ब्याजदर वृद्धिले व्यवसायमा असर गरेको 

त्यस्तै चालु पूँजी कर्जा मार्गदर्शन स्थगित गर्नसमेत सरकार र नेपाल राष्ट्र बैंकसमक्ष माग गरेको छ। 

महासंघले भनेको छ,‘ बजारको न्यून मागका कारण व्यापार व्यवसाय प्रभावित भैरहेका बेला बढेको ब्याजदर र यही कार्तिकबाट केन्द्रीय बैंकले लागू गरेको मार्गदर्शनका कारण निजी क्षेत्र मर्माहत भएको छ। ’

तरलता व्यवस्थापन, ब्याजदर स्थायित्व र चालु पूँजी कर्जा मार्गदर्शन स्थगनका लागि महासंघका सदस्य जिल्ला/नगर उद्योग वाणिज्य संघहरु एवं वस्तुगत संघहरूले राखेका मागप्रति महासंघ ऐक्यवद्धता पनि जाहेर गरेको जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad