स्ट्यान्डर्ड चार्टर्ड बैंकको फाइनान्सियल मार्केट्स एन्ड ट्रेजरी मार्केट्स हेडमा सर्वेन्द्र मिश्र नियुक्त भएका छन्।
बैंकले गत १७ गते उनलाई उक्त जिम्मेवारी दिएको हो।
उनीसँग विभिन्न वाणिज्य बैंकमा कार्यकारी पदमा काम गरेको २४ वर्षभन्दा बढी अनुभव छ।
बैंकमा आबद्ध हुनुअघि उनी सनराइज बैंकमा ग्रुप ट्रेजरर, हेड अफ ट्रेजरी फाइनान्सियल एन्ड ग्लोबल मार्केट्सको कोषाध्यक्ष थिए भने उनले सनराइज क्यापिटल लिमिटेडमा डाइरेक्टर भए पनि काम गरेका छन्।
उनी फरेन एक्सचेन्ज एन्ड मनी मार्केट डिलर्स एसोसिएसन अफ नेपालको पूर्वअध्यक्ष समेत हुन्।
हाल एसोसिएसन फर फाइनान्स प्रोफेसनल, बेथेस्डा, मेरिल्यान्ड यूएसएका क्रियाशील सदस्य पनि हुन्।
15
Shares

प्रतिक्रिया