कारोबार


विश्वकप फुटबलको अवसरमा भायाटीभीको अफर : हिमस्टार टीभी खरिदमा ५१ प्रतिशत छुट

विश्वकप फुटबलको अवसरमा भायाटीभीको अफर : हिमस्टार टीभी खरिदमा ५१ प्रतिशत छुट

नेपालखबर
कात्तिक २०, २०७९ आइतबार १६:४९, काठमाडौँ

आउँदै गरेको फिफा विश्वकप–२०२२ लाई मध्यनजर गर्दै भायाटीभीले आफ्ना ग्राहकहरूका लागि आकर्षक अफर लिएर आएको छ।

उक्त अफर अन्तर्गत भायाटीभीका ग्राहकहरुले मात्र रु. ५०० मा फुटबल विश्वकपका सबै खेलहरू लाइभ हेर्नका साथै ३२ इन्चदेखि ४३ इन्चसम्मका नयाँ हिमस्टार टीभी सेटहरूमा ५१ प्रतिशतसम्म छुट पाउनेछन्। 

भायाटीभीका हालका ग्राहकहरूले रु. ५०० मा सबै विश्वकप खेलहरू हिमालय एचडी च्यानलमा प्रत्यक्ष हेर्न सक्ने कम्पनीले जनाएको छ। यो अफर सेट–टप–बक्स प्रयोगकर्ताहरूको लागि मात्र मान्य हुनेछ।  

यसबाहेक भायाटीभीको ‘ब्रिंग होम द गेम’ अफर अन्तर्गत ग्राहकहरूले रु. १५० प्रतिमहिना सम्ममा भायाटिभी र रु. ९९९ प्रति महिनासम्ममा २०० एमबीपीएस भायानेट अल्ट्रा–फाई इन्टरनेट पनि पाउन सक्नेछन्। 

वार्षिक सदस्यता लिने वा नवीकरण गर्ने दुवै ग्राहकले यसरी इन्टरनेट र टिभी जोडे वापत नयाँ हिमस्टार टिभीमा ५१ प्रतिशतसम्म छुट पाउन सक्नेछन्। यसरी ग्राहकले ३२ इन्चको हिमस्टार एलईडी टिभी मात्र रु १२ हजार १२३ सम्ममा र ४३ इन्चको स्मार्ट टीभी मात्र रु. २४ हजार ३३५ सम्मको मूल्यमा खरिद गर्न पाउने छन्।       

यसका साथै भायाटीभीको आइएसपी पार्टनर भायानेट कम्युनिकेसन्सले पहिलो पटक इन्स्टलेसन गर्दा डुअल ब्यान्ड ओएनयु र सेट–टप–बक्समा छुट उपलब्ध गराउनुका साथै विशेष छुटमा एमआई राउटर वा नोकिया मेस बिकन १.१ राउटर मध्ये एउटा एक्स्ट्रा राउटर पनि लिन सक्ने विकल्प दिएको छ।   

यो अफर नोभेम्बर २० मा सुरु हुने फुटबल विश्वकपको प्रतिक्षामा रहेका सबै फुटबल फ्यानहरूका लागि विशेष रहन सक्छ। भायाटिभी, नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायकमध्येको एक भायानेट कम्युनिकेसन्सको आईपीटीभी सेवा हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad