अक्टुबर महिनामा हवाइ मार्गबाट ८८ हजार ५८२ पर्यटक नेपाल भित्रिएका छन्। अघिल्ला महिनाहरुको तुलनामा अक्टुबरमा सबैभन्दा बढी पर्यटक भित्रिएका हुन्।
नेपालमा सबैभन्दा बढी भारतीय पर्यटक भित्रिएका छन्। भारतीय १६ हजार ९१० भित्रिँदा अमेरिकी ११ हजार ८५९ पर्यटक भित्रिएका छन्।
अध्यागमन विभागको तथ्यांका अनुसार सार्कबाट २१ हजार २४१, एसिया ६ हजार ८८१, युरोपबाट ३० हजार ४९०, ओसियन ४ हजार ३०२, अमेरिकास महादेशबाट १३ हजार ५४१ र मध्यपूर्वबाट १ हजार ९८६ जना पर्यटक भित्रिएका छन्। र अन्य १० हजार १४१ गरी ८८ हजार ५८२ पर्यटक नेपाल भित्रिएका छन्।
अक्टुबरमा हिमाल आरोहण तथा ट्रेकिङकोलागि सबैभन्दा धेरै पर्यटक नेपाल भित्रने गरेका छन्। कोभिडको कारण २ वर्ष ठप्प जस्तै बनेको पर्यटन क्षेत्र चलायमान हुँदै गएको छ।
30
Shares

प्रतिक्रिया