ad ad

कारोबार


एमालेले ल्यायो करको दायरा बढाउनेदेखि कालोधन रोक्नेसम्मका योजना

एमालेले ल्यायो करको दायरा बढाउनेदेखि कालोधन रोक्नेसम्मका योजना

नेपालखबर
कात्तिक १५, २०७९ मंगलबार १५:२५, काठमाडौँ

नेकपा एमालेले करको दायरा बढाउनेदेखि कालोधन रोक्नेसम्मका योजना आफ्नो घोषणापत्रमा समावेश गरेको छ। 

आज घोषणापत्र सार्वजनिक गरेको एमालेले देशमा उद्यमशीलता नघट्ने गरी करको दर निर्धारण गरिने र दायरा विस्तार गरिने बताएको हो। 

जनताको कर : जनताकै लागि भन्ने नारा एमालेले राखेको छ। यसअनुसार करका दरहरूलाई प्रगतिशील बनाइने एमालेले जनाएको छ।

करको दायरा विस्तार गरिने उल्लेख गरेको उक्त पार्टीले उद्योगी व्यवसायी र आयआर्जन गर्ने व्यक्ति निरुत्साहित हुने र उद्यमशीलता घट्ने गरी करका दरहरू निर्धारण नगरिने प्रतिबद्धता जनाएको छ। 

तर जनताको करलाई दुरूपयोग हुन पनि नदिइने घोषणापत्रमा उल्लेख छ। त्यस्तै राजस्व मास्ने, राजस्व चुहावट र दुरूपयोग गर्ने, लक्ष्यअनुसार राजस्व सङ्कलन गर्न नसक्ने, विकास आयोजनाको पुँजीगत खर्च गर्न नसक्ने र फजुल खर्च गर्नेलाई उत्तरदायी बनाई सजाय गर्न कानुनमा संशोधन गरिने उल्लेख छ।

वित्तीय नीति, राजस्व नीति र खर्च नीतिको तर्जुमा र कार्यान्वयन एक अर्काको प्रवर्धक हुने गरी व्यवस्थित गरिने एमालेले जनाएको छ।

यस्तै स्थानीय तहमा पञ्जीकरणसम्बन्धी शुल्क हटाइने, अनौपचारिक अर्थतन्त्रलाई मौद्रिकीकरण र औपचारिक गरिने, न्यून बीजकीकरण, अधिकबीजकीकरण, हुण्डी लगायतका विभिन्न माध्यमबाट अवैधरूपमा मुद्रा विदेश लग्ने कार्यलाई नियन्त्रण गरिने उल्लेख छ।

सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा हुने लगानीविरूद्धको अन्तर्राष्ट्रिय प्रतिबद्धताको कार्यान्वयन गरिने उल्लेख छ। यसको अर्थ कालो धन अर्थात् स्रो उल्लेख नभएको  लगानी लाई निरुत्साहन गर्ने बताएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .