ad ad

समाज


पाँच मुलुकका विज्ञहरूको जोड : नेपालले विपदमैत्री विकास गर्न आवश्यक

पाँच मुलुकका विज्ञहरूको जोड : नेपालले विपदमैत्री विकास गर्न आवश्यक

नेपालखबर
कात्तिक १५, २०७९ मंगलबार १५:२८, काठमाडौँ

विकासका नाममा अव्यवस्थित सहरीकरण बढिरहेका बेला नेपालमा ‘भोलिको सहर’लाई जोखिम मुक्त बनाउने अभियानमा संलग्न विभिन्न ५ मुलुकका विषय विज्ञहरुको सम्मेलन सुरु भएको छ। 

ललितपुरमा जारी ‘टुमरो सिटी अर्वान रिक्स इन ट्रान्जिसन’ नाम दिइएको सम्मेलनमा नेपाल लगायत टर्की, केन्या, इक्वेडर र बेलायतका वैज्ञानिकहरु सहभागी छन्। 

जलवायुजन्य असरका कारण निम्तिनसक्ने विभिन्न किसिमका विपद्का घटनाबाट पुग्नसक्ने क्षतिको पूर्व अनुमान गरी त्यही अनुसारको व्यवस्थापनका लागि सुझाव दिने उद्देश्यका साथ वैज्ञानिकहरु नेपाल, टर्की, केन्या र इक्वेडरका केही शहरको अध्ययन अनुसन्धानमा जुटेका हुन्। 

५ दिनसम्म चल्ने सम्मेलनमा विषय विज्ञहरुहरुले आ–आफ्नो देशमा भोलिको शहर परियोजना अन्तर्गत अध्ययनका क्रममा प्राप्त भएका उपलब्धि र चुनौतिबारे स्पष्ट पार्नेछन्। 

युके रिसर्च एण्ड इनोभेसन, बेलायतका विश्वविद्यालय,प्राक्टिकल एक्शन, नेपाल विकास अनुसन्धान संस्था, एनसेट लगायत विभिन्न संस्थाहरुको संयुक्त पहलमा शुरु भएको भोलिको शहर परियोजनाले पूर्वाधार निर्माण गर्दा भविष्यमा पर्नसक्ने विपद् र जोखिमको पूर्व आकलन गर्नेछ। 

सम्मेलनमा सहभागी बेलायतस्थित इडिबर्ग विश्वविद्यालयका प्रोफसर जोन म्याक्लोस्कीले नेपाल जलवायु परिवर्तनको मुख्य जोखिममा रहेको मुलुकमा पर्ने भएकाले नेपालको नेतृत्वले आगामी दिनमा कसरी सुरक्षित हुने भन्नेबारेमा आजै कुरा उठाउन जरुरी रहेको बताए।

नेपालमा जलवायु परिवर्तनका कारण भूक्षय, हिमपात, बाढी, पहिरो लगायतका धेरै विपद्हरु वर्षेनी बढीरहेकाले नेपालले प्राकृतिक विपद्मैत्री विकास गर्न आवश्यक रहेको बताए। 

उनले भने, ‘बढ्दै गएको सहरीकरणको उचित व्यवस्थापन कसरी गर्ने र भोलिको सहर निर्माणलाई कसरी व्यवस्थित बनाउन सकिन्छ भनेर हामीले अध्ययन गरिरहेका छौँ। प्राकृतिक विपद्हरुबाट कसरी बच्ने र पूर्व तयारी कस्तो हुनुपर्छ भन्नेबारेमा हामीले अध्ययन गरिरहेका छौँ। बढ्दो सहरीकरणको व्यवस्थापन अहिले धेरै देशका लागि चुनौती बनिरहेको छ। नेपालमा पनि यसको ठूलो चुनौती रहेको देखिएको छ। त्यसैले आज राम्रो निर्णय गर्नुपर्ने आवश्यक्ता छ। प्राकृतिक विपद्का कारण वर्षेनी लाखौँ मानिसको निधन भइरहेको छ। त्यसलाई नै रोक्नका लागि पूर्व तयारी र व्यवस्थापनको महत्व धेरै छ। त्यसैले भोलिको शहर सबैकुराको जोखिमबाट मुक्त हुने किसिमको हुन आवश्यक छ। नेपाल जलवायु परिवर्तनको मुख्य जोखिममा परेको छ। त्यसैले नेपालको नेतृत्वले कसरी हामी आगामी दिनमा सुरक्षित हुने भन्नेबारेमा कुरा उठाउन जरुरी छ। नेपालमा धेरै प्राकृतिक विपद्हरु गइरहेका छन्, जलवायु परिवर्तनका कारण भूक्षय, हिमपात, बाढी, पहिरो लगायतका धेरै विपद्हरु वर्षेनी बढीरहेका छन्। त्यसैले नेपालले प्राकृतिक विपद्मैत्री विकास गर्न आवश्यक छ। साथै विकसित कार्यक्रमहरुबाट जनतमानसमा सचेतना फैलाउन पनि आवश्यक छ।’

त्यसैगरी युनिभर्सिटी कलेज लण्डनका प्रोफेसर कार्मिन गलासोले विकासको मोडललाई विपद्जन्य जोखिमबाटमुक्त गर्ने बारेमा नै अध्ययन अनुसन्धान केन्द्रित भएको र विभिन्न सामाजिक सञ्जालका माध्यमबाट त्यस सम्बन्धमा जनचेतना फैलाउने काम पनि गरिरहेको बताए।

एनसेटका उपकार्यकारी निर्देशक डा. रमेश गुरागाईंले नयाँ पूर्वाधार र बस्तीहरुलाई जोखिममुक्त बनाउने अभियानका साथ भोलिको शहर (टुमरो सिटी) परियोजनाले नेपाल लगायत विभिन्न ४ वटा मुलुकका केही शहरमा अध्ययन गरिरहेको स्पष्ट पारे। 

नयाँ बस्ती वा पूर्वाधार बनाउने क्रममा भोलिको अवस्थाको पूर्व आकलन गर्नसक्दा जोखिम न्यूनीकरण गर्न सहयोग पुग्ने उद्देश्यका साथ नेपालमा शुरु भएको भोलिको शहर ‘टुमरो सिटी’ परियोजनाले हाल ललितपुर महानगरपालिकाको खोकना र बुंगमतिमा अध्ययन अनुसन्धान गरिरहेको छ। सम्मेलन शुक्रवारसम्म चल्नेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .