नेपाल विद्युत प्राधिकरणले बिजुली पोलमा इन्टरनेटका तार राख्दा नयाँ मापदण्ड पालना गर्न सूचना जारी गरेको छ। प्राधिकरणले आगलागी तथा सहरी सुन्दरतालाई कामय राख्न नयाँ मापदण्ड सार्वजनिक गरेको हो।
प्राधिकरले अप्टिकल फाइबर केबल र विद्युतीय लाइनबीचको दूरी ४०० भोल्टको नाङ्गो तारमा ८० सेमी हुनुपर्ने छ। ४०० भोल्टकै इन्सुलेटेड तारमा ३० सेन्टिमिटर राख्नुपर्नेछ।
११ केभीदेखि ३३ केभी लाइनमा २ मिटर दूरी कायम गर्नुपर्ने छ। अन्य ४०० भोल्टका उपकरण ७५ सेमी हुनुपर्नेछ।
त्यस्तै अप्टिकल फाइबर र जमिन सतहबीचको दूरी पैदलमार्गमा २.४ मिटर र सडक मार्गमा ५.५ मिटर रहनुपर्नेछ।
राउटर, रिपिटर, डिस्ट्रिबिउसन बक्स जस्ता उपकरणहरु पोलको एउटै मात्र साइडमा क्रमैसँग मिलाएर नझर्ने, नहल्लिने गरी जडान गर्नुपर्ने सूचनामा उल्लेख छ।
प्रयोगमा नरहेका सबै तार तथा उपकरण तत्काल हटाउन भनेको छ।
४५ दिनभित्र सुधारगरी प्राधिकरणलाई जानकारी गराउनु पर्ने छ। इन्टरनेट सेवा प्रदायकले सूचनामा उल्लेख बमोजिम तारको व्यवस्थापन नगरे प्राधिकरण आफैंले हटाउने चेतावनी दिएको छ।
Shares

प्रतिक्रिया