कारोबार


डिजल र मट्टितेलको मूल्य बढ्यो

डिजल र मट्टितेलको मूल्य बढ्यो

नेपालखबर
पुस १, २०७६ मंगलबार १६:८,

नेपाल आयल निगमले डिजल र मट्टितेलमा मूल्य बढाएको छ। ईण्डियन आयल कर्पोरेशनले पठाएको मूल्य सूचि अनुसार डिजल र मट्टितेलमा प्रतिलिटिर १/१ रुपैयाँ बढाएको निगमले जनाएको छ। बढेको मूल्य मंगलबार राति १२ बजेदेखि लागू हुनेछ।

पेट्रोल, हवाई ईन्धन र एल।पि।ग्यासको खुद्रा विक्री मूल्य हाल यथावत नै राखिएको निगमको सूचनामा जनाइएको छ।

यो मूल्य समायोजन गरे पश्चात् नेपाल तर्फको विरगञ्ज नाकाको तुलनामा भारतको रक्सौलमा कायम भएको पेट्रोलको खुद्रा विक्री मूल्य रु २०.४१ प्रति लिटरले सस्तो र डिजेलको खुद्रा विक्री मूल्य रु १७.१६ प्रति लिटरले नेपालतर्फ सस्तो हुन गएको छ।

उपरोक्त समायोजन पश्चात् निगमको डिपो र विक्री विन्दु देखि १५ किमि क्षेत्रभित्र डिजेलर मट्टितेलको खुद्रा विक्री मूल्य काठमाडौं (थानकोट), सुर्खेत र दिपायलमा रु ९८ प्रति लिटर, पोखरा, दाङमा रु ९७.५० प्रति लिटर र अन्य तराई क्षेत्र (चारआली, विराटनगर, महेन्द्रनगर (धनुषा), विरगञ्ज, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज र धनगढी) मा रु ९६.५० प्रति लिटर कायम गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad