समाज


भारतीय नम्बरको जीपको ठक्करबाट एकको मृत्यु

भारतीय नम्बरको जीपको ठक्करबाट एकको मृत्यु

नेपालखबर
पुस १, २०७६ मंगलबार १५:५६,

भारतीय नम्बर प्लेटको स्कारपियो जीपको ठक्करबाट कञ्चनपुरको भीमदत्तनगरपालिकामा मंगलबार बेलुकी एक जनाको मृत्यु भएको छ।

भीमदत्तनगर बजारबाट गड्डाचौकीतर्फ गइरहेको डिएल १ आरटी ८९४२ नंको जीपले विपरीत दिशाबाट आइरहेको म२प ९४९५ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक भीमदत्तनगरपालिका–४ भगतपुरका ४९ वर्षीय चन्द्रबहादुर तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ।

वडा प्रहरी कार्यालय भीमदत्तनगरका प्रमुख प्रहरी निरीक्षक मोहनजङ्ग बुढथापाले जीपको ठक्करबाट घाइते भएका तामाङलाई उपचारका लागि अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको बताए।

त्यसैगरी जीप चालक भीमदत्तनगरपालिका–१० जिमुवाका ३० वर्षीय राकेश बम घाइते भएका छन्। प्रहरीका अनुसार घाइते बमलाई प्रहरीकै निगरानीमा उपचारका लागि धनगढी लगिएको छ। ठक्कर दिने जीप प्रहरी नियन्त्रणमा राखिएको छ भने मृतकको शवपरीक्षणका लागि महाकाली अस्पताल भीमदत्तनगरमा राखिएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad