कारोबार


चुनावी घोषणा : माओवादीले काठमाडौंमा मोनो र मेट्रो रेल सञ्चालन गर्ने

चुनावी घोषणा : माओवादीले काठमाडौंमा मोनो र मेट्रो रेल सञ्चालन गर्ने

प्रतिनिधिमूलक तस्बिर


नेपालखबर
कात्तिक १४, २०७९ सोमबार १७:०, काठमाडौँ

नेकपा माओवादी केन्द्रले काठमाडौं उपत्यकामा मोनो र मेट्रो रेल सञ्चालन गर्ने भएको घोषणा गरेको छ। 

प्रतिबद्धतापत्र सार्वजनिक गर्दै उपत्यकाको वाग्मती, विष्णुमती, धोबीखोला र मनोहरा कोरिडोरमा मोनोरेलको निर्माण कार्य अघि बढाउने बताएको हो। 

काठमाडौं महानगरले मोनोरेल सञ्चालन गर्न अध्ययनगरी उपत्यकामा मोनोरेल उपयुक्त नहुने भन्दै पछि हटेको थियो। 

त्यस्तै माओवादीको घोषणापत्रमा चक्रपथ वरिपरि र बूढानीलकण्ठ, सानेपा तथा थानकोट–साँगा खण्डमा मेट्रो रेल परियोजना अघि बढाउने प्रतिवद्धता व्यक्त गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad