स्टयाण्डर्ड चार्टर्ड बैंकले लगानीकर्तालाई १६ दशमलव ५१ प्रतिशत लाभांश दिने निर्णय गरेको छ।
बैंकको सोमबार बसेको ४३३औँ सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट उक्त लाभांश बाँड्ने निर्णय गरेको हो।
बैठकले आर्थिक वर्ष २०७८/७९ को संञ्चित मुनाफाबाट चुक्ता पुँजीको १६ दशमलव ५१ प्रतिशत अर्थात प्रतिसेयर १६ रुपैयाँ ५१ पैसा नगद लाभांश दिने प्रस्ताव गरेको हो।
र, उक्त लाभांश वितरणको लागि राष्ट्र बैंकले स्वीकृति दिनुपर्ने छ। र, साधारण सभाले पारित समेत गर्नुपर्ने हुन्छ।
27
Shares

प्रतिक्रिया