कारोबार


तीन महिनामा ‘निफ्रा’को नाफा ३७ करोड ८६ लाख

तीन महिनामा ‘निफ्रा’को नाफा ३७ करोड ८६ लाख

नेपालखबर
कात्तिक १४, २०७९ सोमबार १६:१४, काठमाडौँ

नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले चालू आर्थिक वर्षको पहिलो तीन महिनामा ३७ करोड ८६ लाख ७९ हजार नाफा आर्जन गरेको छ। बैंकले प्रकाशित गरेको तीन महिनाको अपरिष्कृत वित्तीय विवरण अनुसार यो गत आवको सोही अवधिको तुलनामा ५६ दशमवल ४६ प्रतिशतले बढी हो। बैंकले गत आवको सोही अवधिमा २४ करोड २० लाख २७ हजार नाफा कमाएको थियो। 

निफ्राको नियामकीय समायोजन (रेगुलेटरी एड्जस्टमेन्ट) पछिको नाफा भने रु २९ करोड ८५ लाख ७७ हजार  छ। जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५६ दशमलव ५८ प्रतिशत अर्थात् रु १० करोड ७९ लाखले बढी हो।

पूर्वाधारमा लगानी गर्ने उद्देश्यले स्थापित बैंकले समीक्षा अवधिमा रु ६५ करोड ५७ लाख खुद ब्याज आम्दानी गरेको छ। समीक्षा अवधिमा बैंकसँग नगद वा नगदसरहको सम्पत्ति रु तीन अर्ब ७९ करोड ५८ लाख १२ हजार छ भने नेपाल राष्ट्र बैंकमा रहेको मौज्दात रु ३८ करोड ९० लाख ८५ हजार छ। 

त्यस्तै निफ्राले आफ्ना ग्राहकलाई दिएको कर्जा तथा सापटी रु १७ अर्ब ८१ करोड छ लाख १३ हजार छ। बैंकको चुक्ता पुँजी रु २१ अर्ब ६० करोड छ भने कूल सम्पत्ति रु २४ अर्ब ८४ करोड २४ लाख ७५ हजार छ। वित्तीय विवरणअनुसार बैंकको प्रतिशेयर आम्दानी रु सात दशमलब ०१ छ। 

आर्थिक वर्ष २०७७/७८ को तुलनामा आव २०७८/७९ मा बैंकको खुदा मुनाफा २२ दशमलव १० प्रतिशतले बढेर रु एक अर्ब दुई करोड २५ लाख ५८ हजार पुगेको छ। गत आवमा बैंकको सञ्चालन खर्चमा एक सय २६ प्रतिशतले बढेको छ भने सञ्चालन मुनाफा २३ प्रतिशतले वृद्धि भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad