सेवा आय १८ अर्ब ६२ करोड रुपैयाँले घाटामा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय रु १७ अर्ब ५२ करोडले घाटामा रहेको थियो।
सेवा खाता अन्तर्गत साउन र भदौ महिनामा भ्रमण आय ७२.२ प्रतिशतले वृद्धि भई रु. ५ अर्ब ९५ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रु. ३ अर्ब ४६ करोड रहेको थियो।
समीक्षा अवधिमा सेवा खाता अन्तर्गत भ्रमण व्यय ६२.७ प्रतिशतले वृद्धि भई रु.१७ अर्ब ९५ करोड पुगेको छ।
यसमध्ये शिक्षातर्फको व्यय रु. १२ अर्ब ७६ करोड रहेको छ।
अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय रु. ११ अर्ब ३ करोड रहेकोमा शिक्षातर्फको व्यय ६ अर्ब ३७ करोड रहेको थियो।
24
Shares
प्रतिक्रिया