कारोबार


एमएडब्लुको ‘स्ट्यालिस’ बाइक आरवान १५भी४ नेपाली बजारमा, मूल्य ५ लाख ६२ हजार

एमएडब्लुको ‘स्ट्यालिस’ बाइक आरवान १५भी४ नेपाली बजारमा, मूल्य ५ लाख ६२ हजार

नेपालखबर
कात्तिक ३, २०७९ बिहिबार १४:१९, काठमाडौँ

यामाहाले प्रिमियम मोटरसाइकल आरवान १५भी४ नेपाली बजारमा सार्वजनिक गरेको छ। 

नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक रहेको एमएडब्लु इन्टरप्राइजेजले  ब्लू स्कायर शोरूम, नक्सालमा बाइक सार्वजानिक गरेको हो।

आरवान १५ भि ४ नेपालमा ल्याइएको यामाहाको उत्कृष्ट मोटरसाइकलहरूमध्ये एक रहेको कम्पनीले जनाएको छ। निलो, कालो र रातो मूल्य नेपाली बजारमा क्रमश ५ लाख ६२ हजार र ५ लाख ७२ हजार रहेको छ। 

एमएडब्लु इन्टरप्राइजेजका सीईओ राजु क्षेत्रीले दुईपांग्रे सवारीमा मन्दी आएको भन्दै मोटरसाइकल सार्वजनिक गरेको बताए। उनले अहिले ६० प्रतिशतले मोटरसाइलकको विक्री घटेको  दाबी गरे। 

उनले १५० सिसिमाथीका मोटरसाइकल आयात प्रतिबन्ध लगाए पनि पहिला नै एलसी खोलिएकाले केही मोटरसाइकल ल्याउन सकिएको बताए। सरकारले मंसिरसम्म १५० सिसिमाथीका मोटरसाइकल आयातमा प्रतिबन्ध लगाएको छ। 

युवा लक्षित बाइक सार्वजनिक गर्दै क्षेत्रीले युवा विदेशिदा नेपालमा कसलाई मोटरसाइकल विक्री गर्ने भन्ने चिन्ता बढेको बताए। 

आर १५को चौथो जेनेरेशनको बाइकमा  ट्रयाक स्पिड, कर्भ, र स्पोर्टस् बाइकमा रुची राख्ने युवा वर्गलाई लक्षित गरी तयार पारिएको छ। 

१५५ सिसि एफआई इन्जिनमा भीभीए रहेको बाइकमा नयाँ ग्राफिक, थ्रिडी एम्ब्लेम, वाइ–कनेक्ट र उत्कृष्ट कौशल कारिताका साथ बजारमा सार्वजनिक गरिएको छ। 

आरवान १५ भि ४ को विशेषताहरूबारे जानकार गराउँदै यस बाइकलाई दुई प्रकारको मोडमा चलाउन मिल्ने गरी  रहेको उल्लेख गरेको छ।

राइडरले सडकको अवस्थाको अनुकूलता मध्य नजर गर्दै आफूले चाहे अनुसार उच्च कार्यसम्पादका लागि ‘ट्रयाक मोड’ र सहरभित्र यात्राका लागि ‘स्ट्रीट मोड’मा स्वीच गर्न सक्ने सुबिधा रहेको छ ।

कम्पनीका अनुसार राइडरलाई उच्च गतिमा छिटो पुर्याउन एरोडाइनामिक डिजाइन र ब्रेकिङ डुअल च्यानल एबिएसका साथ बजारमा ल्याइएको अल–न्यू आरवान १५ भि ४,१५५ सिसि एलसिभी एसओएचसी फ्युल–इन्जेक्टेड एफआई इन्जिन रहेको छ। 

मोटरसाइलकको मुख्य विशेषताको रुपमा गियर सिफ्ट इन्डिकेटर, फ्यूल कन्जम्सन इन्डिकेटर, सिफ्ट–टाइमिङ लाइट, भीभीए इन्डिकेटर, ट्याक्सन कन्ट्रोल इन्डिकेटर, मोबाइलफोनको ब्याट्री लेभल, मेन्टेनेन्स लोकेशन, मालफङ्सन नोटिफिकेसन लगायत रहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .