ad ad

कारोबार


७७ वटै जिल्ला सदरमुकाममा पुग्यो राष्ट्रिय वाणिज्य बैंक

७७ वटै जिल्ला सदरमुकाममा पुग्यो राष्ट्रिय वाणिज्य बैंक

नेपालखबर
कात्तिक २, २०७९ बुधबार १४:४, काठमाडौँ

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड देशका ७७ वटै जिल्ला सदरमुकाममा पुगेको छ।

सर्लाही जिल्लाको मलंगवा न.पा.वडा न.९ स्थित शाखा कार्यालय मलंगवा विस्तार गरी सोमबार कारोबार शुभारम्भ भएपछि ७७ जिल्लाका सबै सदरमुकाममा बैंकको सेवा पुगेको हो।

वाणिज्य बैंकहरुमध्ये सात प्रदेशको ७७ जिल्लामा पुगी राष्ट्रिय वाणिज्य बैंकले यसअघि नै पहिलो बैंकको रुपमा बैंकिङ्ग पहुँच पुर्याइ रहेको बैंकले जनाएको छ।

नेपाल सरकारको स्वामित्व रहेको राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको आ.व.२०७८/७९ को चौथो त्रैमाससम्ममा बैंकले रु. ५ अर्ब २१ करोड खुद मुनाफा आर्जन गर्न सफल भएको छ।

२०७९ आषाढ मसान्तमा बैंकको ग्राहक निक्षेप रु.२ खर्ब ५९ अर्ब र  खुद कर्जा तथा सापट रु. २ खर्ब २९ अर्ब पुगेको छ। आ.व. २०७८÷७९ मा बैैंंकको शेयरधनी कोष रु. ३३ अर्ब ४८ करोड र कुल सम्पत्ति रु. ३ खर्ब २९ अर्ब पुगेको छ।

बैंकको सफलताको लागि उल्लेखनीय योगदान पुर्याउने सम्पूर्ण निक्षेपकर्ता, कर्जा ग्राहक, शेयरधनी, नेपाल सरकार, कार्यरत कर्मचारी लगायत समग्र सरोकारवालाहरु प्रति बैंकले धन्यवाद प्रकट गरेको छ। साथै भविष्यमा अझै उत्कृष्ट सेवा प्रदान गर्दै उत्कृष्ट नतिजा हासिल गर्ने प्रतिवद्धता जाहेर गरेको छ।

बैंकको हाल सातै प्रदेश, ७७ जिल्लामा २६४ वटा शाखा कार्यालय, २६८ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ्ग सेवा रहेको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .