कारोबार


नेपाल वायुसेवा निगमले सञ्चय र लगानी कोषलाई तिर्‍यो ७३ करोड किस्ता

नेपाल वायुसेवा निगमले सञ्चय र लगानी कोषलाई तिर्‍यो ७३ करोड किस्ता

नेपालखबर
कात्तिक १, २०७९ मंगलबार १४:४५, काठमाडौँ

नेपाल वायुसेवा निगमले ऋण दायित्वको किस्ताबापतको ७३ करोड ९ लाख बुझाएको छ। 

असोज ३१ गते कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई तिर्नुपर्ने ऋण दायित्वको किस्ता बुझाएको हो। 

दुई कोषबाट जहाज खरिदका निम्ती ऋण लिएकोमा कर्मचारी सञ्चय कोषको हकमा न्यारोवडी जहाज खरिदको सावाँ र ब्याज वापतको ५३ करोड ९ लाख रहेको छ। 

 त्यसैगरी, नागरिक लगानी कोषको हकमा पनि बाइडबडी जहाज खरिद गर्दाको ऋण दायित्वको किस्ताबापतको २० करोड रुपैयाँ गरी जम्मा ७३ करोड ९ लाख भुक्तानी गरेको छ। 
 

विगत तीन वर्षदेखि विविध कारणले संचयकोष तथा नागरिक लगानी कोषको ऋण दायित्व भुक्तानी गर्न नसक्ने अवस्था रहेकोमा नियमित उडान, अकुपेन्सी दरमा सुधारबाट आम्दानीमा बृद्धि भएपछि ऋण तिर्न सकेको सह प्रवक्ता गणेश कुमार घिमिरेले जानकारी दिएका छन्। 

निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई तिर्नु पर्ने ऋण दायित्वको किस्ताबापतको १ अर्ब ३५ करोड रुपैयाँ पनि भुक्तानी गरिसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad