ad ad

खेल


नवौँ खेलकुद : म्याराथन धाविका पुष्पा भण्डारी घाइते, दौड छाडिन्, उपचार हुँदै

नवौँ खेलकुद : म्याराथन धाविका पुष्पा भण्डारी घाइते, दौड छाडिन्, उपचार हुँदै

नेपालखबर
कात्तिक १, २०७९ मंगलबार १४:४९, काठमाडौँ

म्याराथन धाविका पुष्पा भण्डारी घाइते भएकी छन् । 

पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा महिला म्याराथन प्रतियोगितामा दौडिरहेको बेला मंगलबार उनी खुट्टामा चोट लागेर उनी घाइते भएकी हुन्। 

करिब २० किलोमिटर दूरी पार गर्ने क्रममा उनको खुट्टा फ्याक्चर भएको हो। 

´२० किलोमिटर पार गर्दै थिँए, खुट्टा दुख्यो,` उनले भनिन्-´पहिला वास्ता गरिनँ, पछि अरू १० किलोमिटर कुदेँ, त्यसपछि कुद्नै नसक्ने गरी दुख्यो अनि रोकिएँ।` 

उनलाई पोखरास्थित अन्नपूर्ण हस्पिटलमा उपचारका लागि भर्ना गरिएको छ। गोलीगाँठो भन्दा तलको भागमा केही समस्या देखिएकाले प्लास्टर गरिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन्। 

पुष्पाले ११३औँ साग गेममा २ घण्टा ५० मिनेट ११ सेकेन्डमा म्याराथन पूरा गरी महिला म्याराथनमा पहिलो रजत पदक जितेकी थिइन। 

उनी महिला म्याराथनतर्फ साग अन्तराष्ट्रिय पदक जित्ने पहिलो खेलाडी हुन्।

एपीएफ क्लवमा आवद्व पुष्पाले यसपटक साग गेममा भन्दा राम्रो  समय निकाल्ने तयारी गरेकी थिइन्। खुट्टामा चोट लागेका कारण  आफ्नो सपना पूरा नभएको उनले बताइन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .