ad ad

कारोबार


एनसीसी बैंकले साढे ३७ करोडको बोनस सेयर र ८५ करोडको नगद लाभांश दिने

एनसीसी बैंकले साढे ३७ करोडको बोनस सेयर र ८५ करोडको नगद लाभांश दिने

नेपालखबर
असोज ३०, २०७९ आइतबार १३:४२, काठमाडौँ

एनसीसी बैंकले सेयरधनीलाई बोनस तथा नगद लाभांश प्रस्ताव गरेको छ। 

बैंकले ३.३६६३ प्रतिशत बोनस र ७.६३३७ प्रतिशत नगद लाभांश बाँड्ने प्रस्ताव गरेको हो। 

शनिबार बसेको बैंक सञ्चालक समिति बैठकले चुक्ता पुँजी ११ अर्ब १३ करोड ९६ लाख ७८ हजार १४ रुपैयाँको उक्त दरले हुन आउने साढे ३७ करोडको बोनस सेयर तथा ८५ करोडको नगद लाभांश बाँड्ने प्रस्ताव स्वीकृत गरेको हो। 

यसअनुसार बैंकले राष्ट्र बैंकमा स्वीकृतिको लागि पेस गरेको छ। राष्ट्र बैंकको स्वीकृतिपछि बैंकको हुने साधारणसभाबाट पारित भएपछि सेयरधनीले उक्त लाभांश पाउनेछन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .