ad ad

खेल


पुरुष भलिबलमा गण्डकी र बागमतीको विजयी सुरुआत

महिलातर्फ पुलिस क्लब समूह विजेता
पुरुष भलिबलमा गण्डकी र बागमतीको विजयी सुरुआत

नेपालखबर
असोज २८, २०७९ शुक्रबार १७:२९, पाेखरा

आयोजक गण्डकी प्रदेश र बागमती प्रदेशले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष भलिबलमा विजयी सुरुआत गरेको छ। 

पोखरा रगंशालामा सुरु भएको खेलमा आयोजक गण्डकीले वागमती प्रदेशलाई ३–१ ले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान पक्का गरेको हो। 

समूह डी मा आयोजक गण्डकी र वाग्मती मात्रै रहेकोले दुवै टोलीले अन्तिम ८ मा स्थान पक्का गरेका छन्। गण्डकीले बागमतीलाई २५–२० ले हराएको थियो।

दोस्रो सेट भने १५–२५ ले बागमतीलाई सुम्पियो। तेस्रो सेट २५–१८ र अन्तिम सेटमा २५–१४ ले पराजित गर्दै गण्डकीले नतिजा आफ्नो पक्षमा पारेको हो। 

त्यसअघि भएको उद्घाटन खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले कर्णाली प्रदेशलाई ३–० को सोझो सेटमा पाखा लगायो। पुलिसले कर्णालीमाथि २५–१६, २५–१२ र २५–११ को सहज जित हात पारेको हो। 

पुरुष भलिबलको समूह ‘ए’ मा पुलिस, कर्णाली र लुम्बिनी प्रदेश रहेका छन्। सहभागी ११ टिमलाई चार समूहमा विभाजन गरिएको छ।

समूह ‘बी’ मा त्रिभुवन आर्मी, प्रदेश १ र मधेस प्रदेश, समूह ‘सी’ मा एपीएफ, एनआरएनए र सुदूरपश्चिम तथा समूह ‘डी’ मा आयोजक गण्डकी र वागमती प्रदेश छन्। समूहका शीर्ष दुई टोलीले क्वार्टरफाइनल स्थान बनाउनेछन्। 

महिला भलिबल
महिलातर्फ म्याग्दीको बेनी बजारस्थित खुल्लामञ्चको भलिबल कोर्टमा भएको खेलमा नेपाल पुलिस क्लब समूह सी को विजेता बनेको छ। 

क्वार्टरफाइनलमा स्थान बनाइसकेका दुई टोलीले समुह विजेताका लागि स्पर्धा गरेका हुन्। पुलिसले लुम्बिनी प्रदेशलाई २५–१०, २५–११ र २५–९ ले सोझो सेटमा पराजित गर्दै समूह विजेता बनेको हो। 

आजै भएको अर्को खेलमा एपिएफ र बागमती प्रदेशले अन्तिम ८ मा स्थान बनाएका छन्। एपिएफले कर्णाली प्रदेशलाई २५–६, २५–२ र २५–७ पराजित गर्यो। 

दोस्रो खेलमा बागमतीले प्रदेश १ लाई २५–७, २५–१२ र २५–१२ ले पराजित गर्यो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .