कारोबार


बैंकको ब्याजदर नबढ्ने, कति कायम हुन्छ कात्तिकमा?

बैंकको ब्याजदर नबढ्ने, कति कायम हुन्छ कात्तिकमा?

नेपालखबर
असोज २८, २०७९ शुक्रबार १४:३८, काठमाडौँ

हरेक महिना बैंक तथा वित्तीय संस्थाले ब्याजदर घटबढ गर्न पाउँछन्। तर त्यसको जानकारी नयाँ महिना सुरु हुनुभन्दा अघि दिनुपर्छ। 

यसअनुसार नेपाल बैंकर्स संघले कात्तिक महिनामा ब्याजदर नबढाउने निर्णय गरेको छ। वाणिज्य बैंकका सीईओहरुको छाता संस्था बैंकर्स संघले आजको छलफलमा उक्त निर्णय गरेको हो। 

अघिल्लो महिना बैंकको ब्याजदर बढेको भन्दै उद्योगी व्यवसायीले विरोध गरेका थिए। 

असोज महिना सुरु हुनुभन्दा अघि बैंकहरुले ब्याजदर बढाउन भदौ ३० मा भद्र सहमति खारेज गरेका थिए। अर्थात् ब्याजदर बढाउन खुल्ला गरेका थिए।

गत फागुनदेखि एक अंककै दरमा निक्षेपको ब्याजदर कायम थियो। उक्त सहमति भदौ ३० को बैठकले तोडेको हो। 

योभन्दा अघि निक्षेपमा अधिकतम ११ दशमलव ०३ प्रतिशत ब्याज दिन पाउने सहमति थियो। 

भद्र सहमति टुटे पनि बैंकहरुले धेरै ब्याज भने बढाउन पाएका थिएनन्। नेपाल राष्ट्र बैंकले अघिल्लो सहमतिको तुलनामा १० प्रतिशत मात्रै ब्याजदर थप गर्न व्यवस्था गरेको छ।  

जसको अर्थ कुनै बैंकले १० प्रतिशत ब्याजदर दिइरहेको छ भने १० को १० प्रतिशत १ हुन्छ। १० प्रतिशत ब्याजदर दिएकाले १ प्रतिशत ब्याजदर थप गर्न पाउनेछन्। सो अनुसार ब्याजदर बढेको थियो। 

तर अब कात्तिक महिनाको लागि अनौपचारिक रुपमा भद्र सहमति हुने देखिएको छ। त्यो सहमति असोजको ब्याजदर अनुसार हुने संघका एक सदस्यले नेपाखबरलाई जानकारी दिए। 
 
उनले भने, ‘बिहीबार छलफल भएको थियो। उक्त छलफलमा ब्याजदर नबढाउने भन्ने विषयमा कसैको विमति छैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .