योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेलले राजीनामा दिएका छन्।
उनले असोज २० गते नै राजीनामा दिएका हुन्।
योजना आयोगका उपाध्यक्ष पौडेलको सचिवालयअनुसार उनले राजीनामा दिइसकेका हुन्।
प्रतिनिधि सभा निर्वाचनको लागि चितवन १ बाट टिकट पाउने पक्का भएपछि उनले राजीनामा दिएको बुझिएको छ।
नेपाली कांग्रेस नेतृत्वको गठबन्धनबाट उनले टिकट पाएका छन्। उनको प्रतिस्पर्धी नेकपा एमालेका सुरेन्द्र पाण्डे देखिएका छन्।
54
Shares

प्रतिक्रिया