कारोबार


सिभिल बैंकको १०२औँ एटीएम चितवनको सौराहामा

सिभिल बैंकको १०२औँ एटीएम चितवनको सौराहामा

नेपालखबर
असोज १५, २०७९ शनिबार ११:३४, काठमाडौँ

समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडि बढिरहेको सिभिल बैंकले चितवनको सौराहा चोकमा आफ्नो १०२औँ एटीएम सञ्चालनमा ल्याएको छ। 

उक्त एटीएमको उद्घाटन रत्ननगर नगरपालिका ६ का अध्यक्ष किरण महतो र होटेल व्यसायी संघ सौराहाका अध्यक्ष दीपक प्रसाद भट्टराईले संयुक्त रुपमा गरे। 

उक्त एटिएमको उद्घाटन समारोहमा प्रमुख अतिथि रत्ननगर नगरपालिकाका वडा नं ६का अध्यक्ष किरण महतो र होटेल व्यसायी संघ सौराहाका अध्यक्ष दीपक प्रसाद भट्टराई लगायत सो क्षेत्रका उद्योगी, व्यवसायी, गन्यमान्य व्यक्तिहरु तथा सर्वसाधरणको उपस्थिति थियो।

अब त्यस क्षेत्रका सेवाग्राहीहरुले बैंकको उक्त एटिएम मार्फत आफुलाई आवश्यक पैसा सहज तरिकाले झिक्न सक्नेछन्। 

करिब आठ लाख ग्राहकहरुलाई ११५ शाखाहरु र १३ एक्सटेन्सन काउन्टरहरुमार्फत सेवा प्रदान गरिरहेको सिभिल   बैंकको हालसम्म यस एटीएमसहित देशका विभिन्न १०२ ठाउँहरुमा एटिएम स्थापित गरी सञ्चालन ल्याएको छ।

साथै बैंकले गत आषाढ मसान्तसम्म ९६ अर्बभन्दा बढी निक्षेप परिचालन गरी ८७ अर्बभन्दा बढी कर्जा लगानी गरिसकेकोे छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .