ad ad

कारोबार


हिमाल दोलखा हाइड्रोपावरको सेयर बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल

हिमाल दोलखा हाइड्रोपावरको सेयर बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल

नेपालखबर
असोज १०, २०७९ सोमबार २०:४३, काठमाडौँ

हिमाल दोलखा हाइड्रो पावर कम्पनी लिमिटेडले हकप्रद सेयरका लागि लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ।

सो सम्बन्धमा यहि असोज ९ गतेका दिन कम्पनी र क्यापिटलबीच हकप्रद सेयर निष्कासन तथा बिक्री सम्बन्धी सम्झौता सम्पन्न भएको छ।

सम्झौतापत्रमा हिमाल दोलखा हाइड्रो पावर कम्पनी लिमिटेडको तर्फबाट अध्यक्ष रन्जना दाहाल र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजिव सापकोटाले हस्ताक्षर गरेका छन्। 

काठमाडौंमा रजिष्टर्ड कार्यालय रहेको हिमाल दोलखा हाइड्रो पावर कम्पनीको हालको पुँजी १ अर्ब ६० करोडको प्रति सेयर अंकित रु १०० को दरले १ कित्ता सेयरको ०.७५ प्रतिशतको अनुपातमा १ करोड २० लाख कित्ता हकप्रद शेयर निकाष्शन गर्ने छ।

कम्पनीले इलाम जिल्लाको इलाम नगरपालिका वडा न.९ १० मा माई खोला साना जलविद्युत आयोजना (४.५ मेगावाट) र माई नगरपालिका वडा न ९ मा रहेको माई साना क्यासकेड जलविद्युत आयोजना (८ मेगावाट) हाइडोपावर सञ्चालन गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .