ad ad

कारोबार


आईसीटी अवार्डको ज्ञान साझेदारमा प्रेसिडेन्सियल बिजनेस स्कुल

आईसीटी अवार्डको ज्ञान साझेदारमा प्रेसिडेन्सियल बिजनेस स्कुल

नेपालखबर
असोज १०, २०७९ सोमबार १६:३७, काठमाडौँ

सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्ड कार्यक्रम ‘आईसीटी अवार्ड’को सातौं संस्करणका लागि ज्ञान साझेदार (नलेज पार्टनर)को रुपमा प्रेसिडेन्सियल बिजनेस स्कुल आबद्ध भएको छ। 

कलेज गत २ वर्षदेखि नै यस अभियानमा सहकार्य गर्दै आइरहेको छ । 

सोमबार प्रेसिडेन्सियल विजनेस स्कुलका कार्यकारी अध्यक्ष लक्ष्मण केसी र आईसीटी अवार्डका संयोजक राजन लम्सालबिच समझदारीपत्रमा हस्ताक्षर भएको हो। 

आईसीटी अवार्ड २०२२ को ‘नलेज पार्टनर’को रुपमा अवार्डमा सहभागी स्टार्टअप, इन्नोभेटरहरुलाई विशेष कार्यक्रम समेत सञ्चालन गर्नेछ। 
अमेरिकन बिजनेस डिग्री सञ्चालन गरिरहेको प्रेसिडेन्सियल बिजनेस स्कुलले केही वर्षदेखि आईटी शैक्षिक कार्यक्रम अन्तर्गत बीएससी आइटी, एमएस्सी आइटी र एमबीए आइटीका कोर्सहरु सञ्चालन गरिरहेको छ। 

यसैगरी एक दशकभन्दा बढि समयदेखि विजनेश शैक्षिक कार्यक्रम अन्तर्गत बीबीए र एमबीए सञ्चालन गरिरहेको कलेजले इन्कुवेसन तथा उद्यमशीलतालाई लक्षित गरेर विभिन्न कार्यक्रम तथा सेसनहरु सञ्चालन गर्र्दै आइरहेको छ । कलेजले हरेक वर्ष आइटी कन्क्लेभ पनि आयोजना गर्ने गरेको छ । 

सन् २०१६ बाट सुरु भएको ‘आईसीटी अवार्ड’को सातौं संस्करणको रुपमा यस वर्ष विभिन्न १२ विधामा छनौट प्रकृया सुरु भएको छ । यस वर्ष दक्षिण एसियाली देशहरुका स्टार्टअपहरुको लागि ‘साउथ एसिया स्टार्टअप आईसीटी अवार्ड २०२२’ पनि आयोजना हुदैछ । 

लिभिङ विथ आईसीटीको मुख्य आयोजना र विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय संस्थाहरूको सहकार्यमा आयोजनामा हुने आईसीटी अवार्डको छनौट प्रकृयामा १३ जना बिज्ञ जुरी सदस्य र १५ जना बिशिस्ट सल्लाहकारहरु रहेका छन । यस वर्ष साउथ एसिया वाहेक अन्य ११ विधामा ४०० बढिको नोमिनेसन प्राप्त भएको छ भने साउथ एसिया अवार्डको लागि सेक्टेम्बर ३० तारिखसम्म नोमिनेसन खुल्ला रहेको छ । 

आईसीटी अवार्ड २०२२ को ग्राण्ड फिनाले २०७९ पुस ८ (२३ डिसेम्बर, २०२२) गते द सोल्टी काठमाण्डौमा आयोजना हुनेछ । यसैगरी प्रि इभेन्ट क्याम्पियनको रुपमा कार्तिक तेस्रो साता देशैभरीका १०० भन्दा बढि डिजिटल स्टार्टअपहरुको प्रदर्शनी तथा मेन्टरिङ सेसनको रुपमा ‘स्टार्टअप एण्ड आइडिया फेस्ट’ कार्यक्रम आयोजना हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .