कारोबार


धेरैपछि साढे दुई अर्बमाथि पुग्यो सेयर कारोवार

धेरैपछि साढे दुई अर्बमाथि पुग्यो सेयर कारोवार

नेपालखबर
मंसिर २८, २०७६ शनिबार ११:२९,

धितोपत्र बजारमा यस साता शेयर कारोवार मापक नेप्से परिसूचक ३७ विन्दुले बढेको छ। साताभर नै बजारले उकालोको यात्रा तय ग¥यो। कूल १७३ कम्पनीका ८२ लाख ५४ हजार ९३३ कित्ता सेयर रु दुई अर्ब ५६ करोड ७४ लाख ८० हजार १९७ मूल्यमा खरिदबिक्री भए। कारोवारका आधारमा रु दुई अर्ब माथि पुगेको यो धेरै पछि हो।

पछिल्ला दिनमा नेप्सेले उकालोको यात्रा तय गर्दा शेयर लगानीकर्तामा समेत एक प्रकारको उत्साह पैदा भएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से कारोवारको शुरुआती दिनदेखि नै उकालोको यात्रा तय गरेको थियो । साताको पहिलो दिन नेप्से परिसूचक ३.४५ विन्दुले बढेर एक हजार १३५.३७ विन्दुमा पुगेको थियो। कूल १७१ कम्पनीका नौ लाख ८७ हजार ७३९ कित्ता शेयर रु २८ करोड ७५ लाख २७ हजार ८२५ मूल्यमा खरिदबिक्री भए।

यस्तै साताको दोस्रो दिन सोमबार नेप्से १३.५१ विन्दुले बढेर एक हजार १४८.८९ मा पुग्यो। सो दिन कूल १७३ कम्पनीको १४ लाख ५९ हजार ७०० कित्ता शेयर रु ४६ करोड ४२ लाख २० हजार ३९२ मूल्यमा खरिदबिक्री भए।

उकालोको यात्रा तय गरेको नेप्सेले मंगलबार पनि सोही गति पछ्यायो। सो दिन नेप्सेमा २.४८ विन्दुले सुधार भई एक हजार १५१.३६ विन्दुमा पुग्यो। कूल १७० कम्पनीको १६ लाख ६१ हजार ८२८ कित्ता शेयर रु ५० करोड तीन लाख २८ हजार ९१५ मूल्यमा खरिदबिक्री भए।

बुधबार नेप्से परिसूचक १० अङ्कले बढ्यो। कूल १०.११ अंकले बढेर एक हजार १६१.४७ मा नेप्से पुग्दा कूल १७३ कम्पनीको २० लाख ४३ हजार ६०५ कित्ता सेयर रु ५५ करोड १३ लाख ७७ हजार ८५२ मा खरिदबिक्री भए।

यस्तै साताको अन्तिम दिन नेप्से परिसूचक दोहोरो अंकले वृद्धि भई बजार बन्द भयो। सो दिन नेप्से ११।१७ अङ्कले बढेर नेप्से एक हजार १७२.६४ पुग्यो। परिसूचक बढेसँगै कारोवार रकममा पनि बढोत्तरी भयो। कूल १६८ कम्पनीका २१ लाख दुई हजार ६१ कित्ता सेयर रु ७६ करोड ४० लाख २५ लाख २१३ मा खरिदबिक्री भए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad