ad ad

कारोबार


एभरेष्ट बैंकको मोबाइल एपबाट फोनपे क्यूआर गर्दा दश  प्रतिशतसम्म छुट पाइने

एभरेष्ट बैंकको मोबाइल एपबाट फोनपे क्यूआर गर्दा दश  प्रतिशतसम्म छुट पाइने

नेपालखबर
असोज १०, २०७९ सोमबार १३:२३, काठमाडौँ

एभरेष्ट बैंक लिमिटेडका ग्राहकले एभरेष्ट बैंकको मोबाइल एप्स्मार्फत फोनपको क्यूआरबाट भुक्तानी गर्दा दश प्रतिशतसम्म अथवा बढिमा सय रुपैयाँसम्म छुट पाउने भएका छन्। 

नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपे र एभरेष्ट बैंकका बिचमा ग्राहकलाई यस किसिमको सुविधा प्रदान गर्ने सम्झौता भएको हो। 

सम्झौता पत्रमा एभरेष्ट बैंकका डिजिटल बैकिङ्ग प्रमुख शंकर पोखरेल र फोनपेका तर्फबाट बिजनेस डेभलपमेन्ट अफिसर लक्ष्मण महर्जनका बिचमा हस्ताक्षर भयो। यो योजना असोज ७ गतेदेखि १४ गतेसम्म र कार्तिक २ गतेदेखि ६ गतेसम्म सञ्चालन हुनेछ। 

नेपालीहरुको महान चाड दशैँमा किनमेल गर्न केही सुलभ होस् भन्ने उद्देश्यले यो योजना ल्याइएको हो। फोनपेले आफ्ना मर्चेन्ट तथा प्रयोगकर्तालाई लक्षित् गर्दै विभिन्न योजना सञ्चालन गर्दै आइरहेको छ। 

यसैबीच फोनपेले नेपालीहरुको महान चाड दशैँलाई लक्षित् गर्दै ‘चाडवाडमा जीवन सहज बनाऔँ,नगद छाडौँ, फोनपे गरौँ’ योजना सुरु गरेको छ। 

योजनाअन्तर्गत हरेक दिन फोनपे क्यूआर गर्ने,फोनपे डाइरेक्ट गर्ने र अनलाइन भुक्तानी गर्नेमध्ये एक जना ग्राहकले दैनिक नगद रु एक लाख जित्न सकिनेछ। यसैगरी क्यूआरमार्फत भुक्तानी लिने मर्चेन्टले दैनिक सामसुङ्गको फोन जित्न सकिनेछ।

ग्राहकहरुका लागि यो योजना असोज ४ गते देखि असोज १३ गतेसम्म लागू हुनेछ भने मर्चेन्टहरुले कार्तिक १२ गतेसम्म हरेक दिन मोबाईल जित्न सकिनेछ । 

फोनपे नेटवर्कमा आबद्ध कुनैपनि बैंक तथा वित्तीय संस्था तथा विभिन्न भुक्तानी सेवा प्रदायकका  मोबाईल एप्स्बाट सहजै क्यूआरमार्फत भुक्तानी गर्न सकिन्छ। फोनपे नेटवर्कमा ६० वटा बैंक तथा वित्तीय संस्था र भुक्तानी प्रणाली सञ्चालक आबद्ध छन्। 

यस्तै फोनपेमा हालसम्म करिब १० लाख मर्चेन्ट रहेका छन्। एक करोड ५० लाख भन्दा धेरै मोबाईल बैकिङ्ग प्रयोगकर्ता तथा भुक्तानी प्रणाली सेवा प्रदायकका मोबाईल एप्समार्फत फोनपेले सेवा पुर्याउँदै आएको छ। 

सन् १९९४बाट सञ्चालनमा आएको एभ्रेष्ट बैंक, नेपाल राष्ट्र बैंकले क वर्गमा वर्गीकरण गरेको बैंक हो। देशभर ३९,१६७ डेलिभरी च्यानल, १०,०९८ आन्तरिक शाखा भएको एभ्रेष्ट बैंकसँग १५,७१९ ब्यापारिक घराना आवद्ध रहेका छन्। यसका साथै बैंकका २ अन्तराष्ट्रिय शाखा र देशभर १३,३५० एटीएम बूथ रहेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .