कारोबार


पस र क्युआरबाट किनबेच गर्दा वाणिज्य बैंकले पैसा फिर्ता दिने

पस र क्युआरबाट किनबेच गर्दा वाणिज्य बैंकले पैसा फिर्ता दिने

नेपालखबर
असोज ९, २०७९ आइतबार १७:१०, काठमाडौँ

राष्ट्रिय वाणिज्य बैक लिमिटेडले आउँदो दशैँ, तिहार, नेपाल सम्वत् एवं छठलगायतका पर्वलाई मध्यनजर गर्दै विद्युतीय कारोबारमा पैसा फिर्ताको अफर ल्याएको छ। 

बैंकले पोइन्ट अफ सेल (पस) को माध्यमवाट प्रतिकारोबार एक हजार रुपैयाँ वा सोभन्दा बढीको कार्ड स्वाइपमा पैसा फिर्ता (क्यास ब्याक) हुने अफर ल्याएको हो। 

यो योजना आगामी २०७९ असोज १० देखि २०७९ कात्तिक १३ गतेसम्म लागू हुने बैंकले जनाएको छ। देशभर विभिन्न व्यवसायहरुमा रहेको पसको माध्यमबाट राष्ट्रिय वाणिज्य बैंकको कार्डबाट रा.वा.बैंककै पस मेसिन प्रयोग गरी रकम भुक्तानी गर्दा कारोबारमा क्यास ब्याक हुनेछ।

यसअन्तर्गत ३ देखि ५ पटकको कार्ड स्वाइपमा ५ प्रतिशत अधिकतम क्यासब्याक वा ५ सय रुपैयाँ, ६ देखि १० पटकको कार्ड स्वाइपमा १० प्रतिशत अधिकतम क्यासब्याक वा ७ सय ५० रुपैयाँ, ११ देखि १५ पटकको कार्ड स्वाइपमा १५ प्रतिशत अधिकतम क्यासब्याक वा १ हजार रुपैयाँमध्ये जुन कम हुन्छ सो बराबरको रकम क्यास ब्याक हुने बैंकले जनाएको छ।

यसैगरी, आगामी असोज १४ गतेसम्म र २०७९ कात्तिक २ देखि ६ गतेसम्म राष्ट्रिय वाणिज्य बैंकको मोबाइल बैंकिङ्ग प्रयोग गरी क्युआर कोड स्क्यान गरी भुक्तानी गर्दा कुल कारोबार रकमको १० प्रतिशत वा सय रुपैयाँ जुन कम हुन्छ सोही रकम क्यास ब्याक हुने बैंकले उल्लेख गरेको छ।

बैंकको हाल ७ प्रदेश, ७७ जिल्लामा २६२ वटा शाखा कार्यालय, ५१ वटा एक्सटेन्सन काउन्टर, २६८ वटा एटीएम र ९९ वटा शाखारहित बैंकिङ सेवा रहेको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad