कारोबार


एनआईसी एसिया बैंकको मोबाइल बैंकिङ्ग एपबाट स्मार्ट क्युआर भुक्तानी सेवा सुरू

एनआईसी एसिया बैंकको मोबाइल बैंकिङ्ग एपबाट स्मार्ट क्युआर भुक्तानी सेवा सुरू

नेपालखबर
असोज ७, २०७९ शुक्रबार १३:४६, काठमाडौँ

एनआईसी एसिया बैंकका ग्राहकहरुले अब आफ्नो मोबाइल बैंकिङ्ग एप प्रयोग गरी स्मार्ट क्यूआरद्वारा भुक्तानी लिने मर्चेन्टहरुलाई भुक्तानी गर्न मिल्ने भएको छ। 

हाल बैंकका १४ लाखभन्दा बढी  मोबाइल बैंकिङ्ग एप प्रयोगकर्ता रहेका छन्।

मोबाइल बैंकिङ्ग एप प्रयोगकर्ताले मोबाईल बैंकिङ्ग एपमा रहेको क्युआर भुक्तानी गर्ने विकल्प छनौट गरि स्मार्ट क्युआर स्क्यान गरी भुक्तानी गर्न सक्नेछन्। 

साथै एनआईसी एसिया बैंकमा खाता नभएका ग्राहकहरुले पनि प्ले स्टोर वा एप स्टोरमा गई एनआईसी एसिया मोबैंक एप डाउनलोड गरि लाईट (वालेट) अकाउन्ट रजिस्टर गरेर पनि सजिलै भुक्तानी गर्न सक्नेछन् । 

यो सुविधा सुरु भएसंगै एनआईसी एशिया बैंकको मोबाईल बैंकिङ्ग सेवामा नया आयाम थपिएको छ। 

साथै स्मार्ट क्युआरमार्फत भुक्तानी लिने व्यवसायीलाई पनि एनआईसी एशिया बैंकका मोबाईल बैंकिङ प्रयोगकर्तासँग भुक्तानी लिन सहज भएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad