कारोबार


६०औँ वर्षमा साल्ट ट्रेडिङ, एसटीसी ब्राण्डको तोरीको तेल बजारमा ल्याउँदै

६०औँ वर्षमा साल्ट ट्रेडिङ, एसटीसी ब्राण्डको तोरीको तेल बजारमा ल्याउँदै

नेपालखबर
भदौ २७, २०७९ सोमबार १८:४६, काठमाडौँ

साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले आफनो ६०औँ स्थापना दिवस मनाएको छ। साल्ट ट्रेडिङले विषेश समारोहको आयोजना गरि स्थापना दिवस मनाएको हो। 

कार्यक्रमका सभापति उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव डा. नारायणप्रसाद रेग्मीले पछिल्लो समय कम्पनीको प्रतिस्पर्धात्मक बजार रहेकोले साल्ट ट्रेडिङलाई चनाखो बन्न आग्रह गरे। 

उनले आगामी दिनमा संस्थागत लक्ष्य प्राप्तिका लागि जुट्न कर्मचारीहरुलाई निर्देशन पनि दिए। सहसचिव रेग्मीले संस्थालाई आवश्यक पर्ने नीतिगत सहजीकरणका लागि भने सहयोग गर्ने प्रतिवद्धता जनाए। 

उनले कर्मचारीको हकहितको विषयमा उठाएका कतिपय आवश्यक मागहरु संस्थाको संस्थागत क्षमता विकास र विस्तारको लागि सहयोग गर्न तयार रहेका पनि बताए। 

उनले भने, ‘केही वर्ष यता हेर्दा हामीले अपेक्षित रुपमा लाभांश लिन नसकेको स्थिति छ। विगत केही वर्षदेखि हाम्रो प्रोफिट घट्दो छ। कतिपय हामीले लगानीहरु गरेको उद्योग बन्द अवस्थामा छन्। कतिपय हाम्रो आफ्नै व्यवहारहरुको कमजोरीका कारण पनि व्यवसायलाई विस्तार गर्न सकेका छैनौँ। बजार प्रतिस्पर्धी बनेको छ। हामी जस्तै अन्य निजी क्षेत्रका संस्थाहरु हाम्रो स्वामित्वमा प्रतिस्पर्धात्मक प्रश्न चिह्न खडा भएको छ। यो हिसावले पनि हामीले आफूलाई प्रतिस्पर्धी बनाउनुको विकल्प छैन। उच्च मनोबलयुक्त भएमात्रै हामी प्रतिस्पर्धी बन्न सक्छौँ।’

वार्षिकोत्सवको अवसरमा साल्ट ट्रेडिङ कर्पोरेसनले एस.टी.सी ब्रान्डको तोरीको तेल उत्पादन गर्ने तयारी गरेको जानकारी गराएको छ। दाल, चामल, नुन, चिनी, तेललगायत दैनिक उपभोग्य वस्तु तथा रासायनिक मलको सहुलियत र सुपथ मूल्यमा बिक्री वितरण गर्दै आएको साल्ट ट्रेडिङ कर्पोरेसनले तोरीको तेल उत्पादन गर्ने तयारी गरेको छ। 

ट्रेडिङले हेटौँडामा रहेका नेपाल वनस्पति उद्योग सञ्चालन गरी एस.टी.सी ब्रान्डका तोरीको तेल उत्पादन गर्ने तयारी गरेको छ।

उपभोक्तालाई गुणस्तरीय तेल उपलब्ध गराउन चितवनलगायत तराई/मधेसका कृषकबाट तोरी खरीद गरी निकट भविष्यमा प्रशोधित तोरीको तेल उत्पादन गर्न लागेको कम्पनीले जनाएको छ।

कार्यक्रममा साल्ट ट्रेडिङकी प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले आम उपभोक्ताहरूको हितलाई केन्द्रमा राख्दै व्यवसायिक क्रियाकलाप गर्ने बताइन्। उनले आम जनता तथा समस्त उपभोक्ताको लागि दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने लक्ष्य लिई आफ्नो सेवा प्रारम्भ गरेको ५९ वर्ष पुरा गरेको बताइन्।

कर्पोरेसनले आफनो प्रतिबद्धता अनुसार आम जनतालाई सुपथ एवम् सहज रुपमा गुणस्तरीय उपभोग्य वस्तुहरुको उपलब्धतालाई निरन्तरता प्रदान गरिने उनको भनाई छ। कर्पोरेसनले आपूर्ति र वितरणको क्षेत्रमा उल्लेखनीय भूमिका निर्वाह गर्दै विषम परिस्थितीका बाबजुद पनि आम उपभोक्ताको सेवामा सदैव सकृय रही र भविष्यमा पनि अझ सकृय रहने प्रतिबद्धता व्यक्त गरिन्।

वार्षिक उत्सव कार्यक्रममा  निवर्तमान अध्यक्ष लक्ष्मीदास मानन्धरको नामबाट इटहरीस्थित निसहाय बालगृहलाई ताम्रपत्रसहित ७५ हजार रोशीको बाल हितकारी पुरस्कारबाट सम्मान गरिएको छ।

साल्ट ट्रेडिङले वर्षका लागि जनही ३० हजार राशिको हेम बहादुर मल्ल उत्कृष्ट कर्मचारी पुरस्कारबाट अधिकृतस्तरतर्फ विष्णु प्रसाद न्यौपानेलाई प्रदान गरेको छ। नन अधिकृतस्तरतर्फ तेज बहादुर कार्की र स्तरविहीनतर्फ राधेश्याम खड्कालाई सम्मानित गरेको छ।  

ईश्वर लाल श्रेष्ठ उत्कृष्ट कर्मचारी सेवा पुरस्कारबाट विभागीय प्रबन्धक सबल रिजाल र सहायकस्तरमा काजी बहादुर पराजुली र सवारी चालक मंगल बहादुर लामालाई पुरस्कृत गरिएको छ।

एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने कार्यालयमा कार्यरत तेज बहादुर कुँवरका छोरा पर्सव कुँवर र कृष्ण कुमार आचार्यकी छोरी तेजस्वी आचार्यलाई २ वर्षसम्म मासिक ३ हजारका दरले छात्रवृत्ति प्रदान गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .