कारोबार


‘आर्थिक सूचकहरु चिन्ताजनक अवस्थामा पुगे, दीर्घकालीन समाधान गरौँ’

‘आर्थिक सूचकहरु चिन्ताजनक अवस्थामा पुगे, दीर्घकालीन समाधान गरौँ’

फाइल तस्बिर


नेपालखबर
भदौ २७, २०७९ सोमबार १३:५०, काठमाडौँ

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले मुलुकको आर्थिक सूचकहरु चिन्ताजनक अवस्थामा रहेको बताएका छन्।

आइतबार नेपाल उद्योग वाणिज्य महासंघसँग विज्ञापन आचारसंहिता सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष गोल्छाले यस्तो बताएका हुन्। उनले लामो समयदेखि अर्थतन्त्रमा समस्याहरु आइरहेको बताए। उनले अहिलेको अर्थतन्त्रको अहिलेको अवस्थालाई दीर्घकालीन रुपमा समाधान गर्नुपर्ने आवश्यकता रहेको बताए। 

अध्यक्ष गोल्छाले अर्थतन्त्रमा देखिएका समस्या फण्डामेन्टल भएको भन्दै  अर्थतन्त्रमा देखिएको समस्याबाट लयमा फर्किनको लागि केही महिना लाग्नसक्ने बताए। उनले उद्योग व्यवसायहरु फस्टाए मात्रै विज्ञापन व्यवसाय बढ्ने बताए। उनले अर्थतन्त्र संकुचन हुने अवस्था रहेकाले उद्योग र विज्ञापन व्यवसायसमेत संकुचनमा पर्ने बताए। अध्यक्ष गोल्छाले उद्योग वाणिज्य महासंघको भिजन पेपरले नेपालको विज्ञापन बजारको दायरालाई फराकिलो बनाउने कार्यमा ठूलो भुमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे। उनले कोभिडको कारण विज्ञापन बजार पनि सोचेको जस्तो बिस्तार हुन नसकेको बताए। 

अध्यक्ष गोल्छाले भने, ‘नेपालको अहिलेका आर्थिक स्थिति वा सूचकहरु रहेका छन्। त्यो चिन्ता लाग्दो अवस्थामा रहेको छ। विगतमा पनि अर्थतन्त्रको चुनौतीपूर्ण अवस्थाबाट गुज्रिएका थियौं। पछिल्लो अवस्था रहेको छ त्यो चिन्ता लाग्दो अवस्था नै छ। अहिलको अर्थतन्त्रमा देखिको समस्याको समाधान दीर्घकालीन मात्रै हुनसक्छ। हामी फण्डामेन्टल समस्यामा आएका छौँ।’ 

अध्यक्ष गोल्छाले नेपालको विज्ञापन बजार कोभिडको प्रभाव नपरेको भए २० अर्ब पुग्ने अवस्थामा रहेको बताए। उनले नेपालमा स्वदेशी विज्ञापन ६० प्रतिशत र विदेशी विज्ञापनको ४० प्रतिशत रहेको बताए। उनले कम्पनी रजिस्टारको कार्यालयमा २६ सय विज्ञापन एजेन्सीहरु दर्ता भएको पनि बताए। अध्यक्ष गोल्छाले विज्ञापन व्यवसायले ३५ हजार युवालाई रोजगारी दिएको बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .