कारोबार


नोकिया जी११ प्लस सर्वजनिक

नोकिया जी११ प्लस सर्वजनिक

नेपालखबर
भदौ २६, २०७९ आइतबार २१:२०, काठमाडौँ

नोकिया फोनेको उत्पादक तथा वितरक एचएमडी ग्लोबलले नोकिया जी११ प्लस सर्वजनिक गरेको छ। 

कम्पनीका अनुसार जी–सिरिजको सफलतासँगै यस फोनमा नवीनतम एन्ड्रोइड १२, मासिक सुरक्षा अपडेटहरू, गुणस्तर र विश्वभर प्रसिद्ध लामो समयसम्म टिक्ने ब्याट्री ब्याकअप समावेश छ।

एचएमडी ग्लोबलका सीईओ, फ्लोरियन सेइश भन्छन्, ‘प्रारम्भिक प्रतिस्थापनले वातावरणमा पार्ने प्रभावका कारण संसारभरका मानिसहरूले आफ्नो स्मार्टफोनलाई लामो समयसम्म प्रयोग गर्ने गरेका छन्। नयाँ नोकिया जी११ प्लसमा उपभोक्ताहरूलाई लामो समयसम्म टिक्ने ३ दिनको ब्याट्री ब्याकअप, तीन वर्षको मासिक सुरक्षा अपडेटहरू र एन्ड्रोइडका तीन संस्करणहरू सुनिश्चित गरिएको छ।  हामी हाम्रो गुणस्तरीय निर्माणमा प्रतिबद्ध हुन पाउँदा गर्व गर्छौं।’

इण्डस्ट्री– लिडिङ अपडेटहरू
कम्पनीका अनुसार अरु स्मार्टफोनहरु भन्दा दुई गुणा धेरै सुरक्षा अपडेटहरू भएको नोकिया जी११ प्लसले प्रयोगकर्ताको अनलाइन गतिविधिहरू हरदम सुरक्षित छन् भन्ने सुनिश्चित गर्दछ। यसमा फिंगरप्रिन्ट र फेस अनलक दुवै समर्थिन गर्ने मास्क मोडको साथ, दैनिक प्रयोग अझ सुविधाजनक भएको छ।

यसमा प्रयोगकर्ताहरुको इन्टरफेसबाट स्क्रोल गर्न मिल्ने स्क्रिनसटहरू अनि भर्खरको एन्ड्रोइड १२ को सबै सुबिधाहरु लिन सक्नेछन्। नोकिया जी११ प्लसको साथमा आएको दुई वर्षको सफ्टवेयर अपग्रेडको साथ नयाँ एन्ड्रोइड संस्करणले ल्याउने नयाँ सुविधाहरू र नवीनताहरू पुन सकिनेछ।

सुलभ मूल्यमा प्रिमियम डिजाइन
नोकिया जी११ प्लस स्लिम नर्डिक डिजाइनमा तीन दिन लगातार चल्ने ब्याट्री जडान गरिएको छ जसले प्रयोगकर्तालाई पूरै हप्ता बिना कुनै चिन्ता फोन प्रयोग गर्न मद्दत गर्दछ। नोकिया फोनहरूमा मात्र उपलब्ध सुपर ब्याट्री सेभरले तपाईंलाई आवश्यक परेको बेलामा थप केही घण्टाको प्रयोग सुनिस्चित गर्दछ। पोली कार्बोनेट बडी भएको फ्लिप कलर फिनिशमा उपलब्ध यो फोनमा प्रकाशको अवस्था अनुसार रंग परिवर्तन हुन्छ।

उत्कृष्ट फोटोग्राफीको लागि उत्कृष्ट क्यामेरा 
यसमा रहेको एआई टेक्नोलजिद्वारा सहयोग गरिएको ५०एमपी क्यामेराले प्रयोगकर्तालाई यादगार पलहरु कम प्रकाशमा पनि सहज रूपमा खिच्न मद्दत गर्दछ। जी–सिरिजमा रहेको ९० एचजेड पावरको साथ तस्बिरहरु प्रस्ट देखिनुको साथै ६.५ इन्च एचडी डिस्प्लेले अविश्वसनीय परिभाषा र स्पष्ट तस्बिरहरू सुनिश्चित गर्दछ।  

मूल्य र उपलब्धता
३-६४ जीवीको स्टोरेजमा उपलब्ध यो फोनको मूल्य रु. १९ हजार ४९९ रहेको छ। निलो रंगमा उपलब्ध नोकिया जी११ प्लस आज बाट नेपालभरिका सम्पूर्ण रिटेल स्टोरहरुमा उपलब्ध भएको कम्पनीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad