कारोबार


वीर अस्पताल, दशरथ रंगशाला र पाँचवटा क्याम्पसलाई कर बुझाउन बालेन्द्रकाे पत्र

वीर अस्पताल, दशरथ रंगशाला र पाँचवटा क्याम्पसलाई कर बुझाउन बालेन्द्रकाे पत्र

नेपालखबर
भदौ २३, २०७९ बिहिबार १७:२९, काठमाडौँ

काठमाडौं महानगरपालिकाले देशकै पुरानो वीर अस्पताल, दशरथ रंगशाला र उपत्यकाभित्रका पाँचवटा क्याम्पसलाई १० दिनभित्र घरबहाल कर बुझाउन पत्र लेखेको छ।

महानगरले यसअघि नेपाल विद्युत् प्राधिकरण, नेपाली सेना र नेपाल प्रहरीलाई बहाल कर बुझाउन पत्र पठाइसकेको छ। 

महानगरले बिहीबार लेखेको पत्रमा वीर अस्पताल, दशरथ रंगशाला, आरआर क्याम्पस, नेपाल ल क्याम्पस, सरस्वती क्याम्पस, शंकरदेव क्याम्पस र नेपाल कमर्स क्याम्सपलाई १० दिनभित्र कर बुझाउन भनेको हो। 

अफ्नो क्षेत्रभित्र बहालमा लगाई बहाल आम्दानी गरेको देखिएकोले काठमाडौं महानरपालिकाको सम्बन्धित वडा कार्यालयमा बहाल कर बुझाउन उनीहरुलाई भनिएको छ।

पटक पटक ताकेदा गर्दा पनि हालसम्म नबुझाएको भन्दै बहाल आम्दानी विवरणसहित पत्र प्राप्त भएको १० दिनभित्रमा बहाल कर र त्यसको जरिवाना पनि बुझाउन भनिएको छ। 

यदि यो अवधिमा पनि कर नबुझाए महानगरपालिकाको राजश्व ऐन, २०७५ बमोजिम कारबाही गरी सरकारी बाँकीसरह असुलउपर गर्न प्रक्रिया अगाडि बढाउने समेत महानगरको पत्रमा उल्लेख छ।

काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित भएपछि बालेन्द्र शाहले राजश्व असुली र अवैध संरचना भत्काउने अभियान चलाइरहेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad