दसैँको लागि असोज १ गतेबाट अग्रिम टिकट खुल्ने भएको छ।
यातायात व्यवसायी र यातायात व्यवस्था विभागबीच छलफलपछि असोज १ देखि बसको अनलाइन टिकट बुकिङ खुल्ने भएको हो।
यातायात व्यवस्था विभागका निर्देशक ईश्वरी दत्त पनेरुले असोज १ देखि दसैँको लागि बुकिङ शुरु हुने जानकारी दिए।
काठमाडौंबाट दसैँको समयमा लाखौं यात्रु उत्पत्यका बाहिर जाने गरेका छन्। असोज १९ गते विजयदशमी रहेको छ। असोज १० गते घटस्थापना रहेको छ।
यसैबीच, यातायात व्यवस्था विभागले दसैँमा असोज १५ देखि २२ गतेसम्म नारायणगढदेखि काठमाडौंसम्म अत्यावश्यक वस्तु ढुवानी गर्नेबाहेक ट्रेलरलगायतका ठूला सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ।
त्यस्तै यात्रुवाहक सवारीसाधनलाई घटस्थापनादेखि पूर्णिमासमम नेपालभर लागू हुने गरी रुट परमिट खुला गर्ने निर्णय गरेको छ। तर कुनै बाटोको विशेष प्रकृतिका कारण सो बाटोमा चल्न निषेध गरिएका आकारप्रकारका सार्वजनिक सवारीलाई भने सो सो बन्देज कायमै रहने विभागले जनाएको छ।
यस्तो छ विभागको सूचना

Shares

प्रतिक्रिया