संसारकै धनी इलोन मस्कका दुई वर्षे छोरापनि उनीजस्तै रकेटमा लगाव राख्ने र अन्तरिक्ष पुग्न चाहन्छन्।
मस्कका दुई सन्तानकी आमा ग्राइम्सले ट्विट गर्दै साना छोराबारे रोचक खुलासा गरेकी छिन्।
उनका अनुसार मस्क दम्पतीका छोरा पुतली रकेटसँग खेलिरहन्छन्। तर जब उनीहरुको रकेट भनेजति माथि जाँदैन निराश हुन्छन्।
छोराको दुःखित भनाइलाई उद्धृत गर्दै उनले लेखेकी छिन्, ‘मेरा २ वर्षे छोरा आफ्नो रकेट अर्बिट पुग्न नसकेपछि साह्रै दुःखित हुन्छ।’
त्यतिमात्र होइन मस्कको छोराले साँच्चैको रकेट आफूलाई नदिएकोमा आमासँग निकै गुनासो पनि पोख्ने गरेको उनले बताएकी छिन्।
मस्कको ती छोराको नाम एक्स एइ ए–१२ हो भने छोरीको नाम एजा डार्क साइडिराइल हो। छोरा सन् २०२० मे मा जन्मिएका थिए।
मस्कले कम्तीमा पनि ९ बालबालिकालाई अभिभावकत्व दिएको बताइएको छ। बिजनेस इन्साइडरबाट
Shares
प्रतिक्रिया