ad ad

कारोबार


डिजेलको मूल्य प्रतिलिटर ६ रुपैयाँले बढ्यो (सूची)

डिजेलको मूल्य प्रतिलिटर ६ रुपैयाँले बढ्यो (सूची)

नेपालखबर
भदौ १६, २०७९ बिहिबार २३:२३, काठमाडौँ

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको दरभाउ हेरफेर गरेको छ। 

आयल निगमका अनुसार पेट्रोलको मूल्य १८१ रुपैयाँ प्रतिलिटरलाई नै कायम राखिएको हो। तर डिजेलको मूल्य भने ६ रुपैयाँ प्रतिलिटरले बढेर १७८ रुपैयाँ पुगेको छ। 

त्यस्तै मट्टितेलको मूल्य पनि सोही दरले बढेर १७८ रुपैयाँ प्रतिलिटर पुगेको निगमले जनाएको छ। 

यता हवाइ इन्धन (आन्तरिक) को १९० रुपैयाँलाई नै निरन्तरता दिइएको छ भने हवाइ इन्धन (बाह्य)को प्रतिलिटर १.६४५ अमेरिकी डलर नै कायम छ। यता एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १८ सय रुपैयाँलाई नै निरन्तरता दिइएको छ। 

बढेको मूल्य बिहीबार राति १२ बजेदेखि कार्यान्वयनमा आएको छ। भारतीय आयल कर्पोरेसनले पेट्रोलियम पदार्थको मूल्य बढाएर सूची पठाएपछि निगमले डिजेलको मूल्य बढाएको हो। 

पछिल्लो समायोजनले पनि १५ दिनमा ३० करोड ५२ लाख रुपैयाँ नोक्सानी हुने निगमले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .