कारोबार


भृकुटीमण्डपको फनपार्कलाई २४ घण्टाभित्र कर तिर्न महानगरको ‘अल्टिमेटम’

भृकुटीमण्डपको फनपार्कलाई २४ घण्टाभित्र कर तिर्न महानगरको ‘अल्टिमेटम’

नेपालखबर
भदौ १५, २०७९ बुधबार १६:१७, काठमाडौँ

काठमाडौं महानगरपालिकाले कर नतिरे भृकुटीमण्डपमा रहेको काठमाडौं फनपार्क सिलबन्दी गर्ने पत्र काटेको छ। 

महानगर अन्तरतर्गको राजस्व विभागका प्रमुख डा. शिवराज अधिकारीले ताकेता गर्दा समेत कर नबुझाएको भन्दै पत्र काटेको हो। 

‘महानगरपालिकालाई तिर्न पर्ने व्यवसाय कर, बाहाल कर, विज्ञापन कर तथा मनोरञ्जन कर नबुझाई वर्षौँदेखि व्यवसाय सञ्चालन गरेकोमा पटक पटक ताकेता गर्दा पनि कर प्राप्त नभएको,’ पत्रमा उल्लेख रहेको छ। महानगरले वडा कार्यालयमा २४ घण्टाभित्र सम्पूर्ण बाँकी रकम र सो को लाग्ने जरिवाना समेत दाखिला गर्न चेतावनी दिएको छ। 

‘तोकिएकहो समयभित्र कर नबुझाएमा फनपार्क सिलबन्दी गरी तिर्नुपर्ने सरकारी बाँकी सरह अशुल उपर गरिने जानकारी गराइन्छ,’ पत्रमा उल्लेख गरेको छ। 

काठमाडौंमो प्रर्दशनी मार्गमा काठमाडौं फनपार्कले आफ्नो व्यवसाय गर्दै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .