सेयरबजार आज दोहोरो अंकले घटेको छ।
नेपाल स्टक एक्सचेन्जका अनुसार बजार परिसूचक नेप्से २१.९७ अंकले घटेको हो।
योसँगै नेप्से १९७३.३८ अंकमा झरेको छ। सेन्सिटिभ सूचक पनि आज ४.३६ अंकले घटेको छ।
बुधबार २२४ कम्पनीको २९ लाख कित्ता सेयर बिक्री भएको छ। यो भनेको १ अर्ब १२ करोड ६२ लाखको सेयर कारोबार हो।
आज सबै उपसूचक राताम्य छन्। बुधबार १५ वटा कम्पनीको मात्र सेयर बढेको छ भने १६८ कम्पनीको सेयर घटेको छ र चारवटाको उही मूल्यमा कारोबार भएको छ। आज लगानीकर्ताले २ प्रतिशत पनि कमाएनन्।
गुमाउनेले ६.८६ प्रतिशतसम्म गुमाएको नेप्सेले जनाएको छ। आज नेपाल टेलिकमको सर्वाधिक १० करोडको सेयर किनबेच भएको छ।
42
Shares

प्रतिक्रिया