ad ad

कारोबार


प्राधिकरण परिसरमा तयार भयो चार्जिङ स्टेसन, ऊर्जामन्त्रीबाट उद्घाटन (तस्बिरहरु)

प्राधिकरण परिसरमा तयार भयो चार्जिङ स्टेसन, ऊर्जामन्त्रीबाट उद्घाटन (तस्बिरहरु)

नेपालखबर
भदौ १४, २०७९ मंगलबार १४:३६, काठमाडौँ

नेपाल विद्युत प्राधिकरणले चार्जिङ स्टेसन निर्माण सम्पन्न गरेको छ। 

प्राधिकरण परिसरमा निर्माण गरेका चार्जिङ स्टेसनको ऊर्जा जलस्रोतमन्त्री पम्फा भुसालले उद्घाटन गरेकी हुन्। 

मन्त्री भुसालले चार्जिङ स्टेसन उद्घाटन गर्दै अहिलेभन्दा १० गुणा सस्तो पर्ने दाबी गरिन्। उनले नेपालमा चार्जिङ स्टेसन निर्माणसँगै पेट्रोलियम पदार्थको लागि बाहिर जाने ठूलो रकम रोकिने बताइन्। 

उनले उद्योग र घरायसी प्रयोजनको लागि विद्युत खपत भइरहेकोमा अब यातायात क्षेत्रले पनि विद्युत् खपत बढाउने बताइन्। 

उनले विद्युत् प्राधिकरणसँगै नेपाल प्रहरी, सशस्त्र प्रहरीसँग एमओयू र नेपाली सेनालाई चाजिङ स्टेसनसँगै विद्युत् खपत बढाउन आग्रह गरिएको छ। 

त्यस्तै प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले रत्नपार्कको चार्जिङ स्टेसनमा निजी व्यक्तिले पनि गाडी चार्ज गर्न सक्ने बताए। 

घिसिङले विद्युत खपत प्रवर्द्धन गर्नका लागि विद्युतीय सवारीको प्रयोगलाई बढावा दिने उद्देश्यले देशका प्रमुख सहर तथा राजमार्गहरुमा द्रुत सवारी चार्जिङ स्टेसन स्थापना गर्ने बताए। 

नेपाल विद्युत् प्राधिकरणले ५१ वटा चार्जिङ स्टेसन स्थापना गर्ने कार्य भइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .