ad ad

समाज


तीज मनाउन पशुपति पुगे बालेन्द्र

तीज मनाउन पशुपति पुगे बालेन्द्र

तस्बिरः मानवी पौडेल


नेपालखबर
भदौ १४, २०७९ मंगलबार १४:३४, काठमाडौँ

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह पशुपतिनाथ पुगेका छन्। उनी मंगलबार मध्यान्ह पशुपति पुगेका हुन्। 

हिन्दु धर्मावलम्बिहरुले हरितालिका तीज मनाइरहँदा मेयर बालेन्द्र पशुपति पुगेका थिए। बालेन्द्र पुगेपछि उनीसँग तस्बिर कैद गराउने र टिकटक बनाउनेको भिड लागेको थियो। 

शाहसँग टिकटक बनाउनेको भिड लागेपछि केहीबेर ठेलमठेल समेत भएको थियो।

भगवान शिवको पूजा, आराधना गर्दै हर्षोल्लास पूर्वक मनाइने तीज पर्वमा आज पशुपति नाथमा रातो सारी र गरगहनाले सजिएका महिलाहरु पशुपतिनाथको दर्शनका लागि लाइनमा बसेका छन्।

मन्दिर आसपासमा महिलाहरु नाचगान गर्दै रमाईलो गरिरहेको देख्न सकिन्छ। अन्य वर्षहरूको भन्दा यस पटक पशुपति क्षेत्र विकास कोषले व्यवस्थापन राम्रो गरेको व्रतालु महिलाहरु बताउँछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .