ad ad

कारोबार


मंगलबार पनि सेयरबजार बढ्याे, एनएमबी बैंककाे चार कराेडकाे सेयर काराेबार

मंगलबार पनि सेयरबजार बढ्याे, एनएमबी बैंककाे चार कराेडकाे सेयर काराेबार

नेपालखबर
मंसिर २४, २०७६ मंगलबार १०:१३,

धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक उकालो लागेको छ। लगातार सुधारको दिशामा रहेको नेप्सेमा आज पनि २.४८ विन्दुले बढेर एक हजार १५१.३६ विन्दुमा पुगेको हो।

यस्तै सेन्सेटिभ परिसूचक ०.३३ विन्दुले बढेर २५३.५० मा पुगेको छ। नेप्सेमा सुधार देखिँदा त्यसको प्रभाव कारोबार रकममा समेत परेको छ। कूल १७० कम्पनीको १६ लाख ६१ हजार ८२८ कित्ता सेयर ५० करोड तीन लाख २८ हजार ९१५ मूल्यमा खरिद बिक्री भए।

कारोबार भएका कुल १२ उपसमूहमध्ये आज चार उपसमूहको शेयर घटेको छ भने आठ उपसमूहको सेयर बढेको छ । जलविद्युत् ४.५२, निर्जीवन बीमा २.९५, उत्पादन ८.५७ र अन्य ११.२३ विन्दुले घटेका छन् । यस्तै बैंकिङ ७.०९, व्यापार २३.७६, होटल २८.१८, विकास बैंक १.९२, वित्त ०.४७, लघुवित्त १.८८, जीवन बीमा ९.१४ र सामूहिक लगानी कोष ०.०१ विन्दुले बढेको छ।

नेप्सेका अनुसार कारोबारका आधारमा आज माछापुच्छ्रे बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु सात करोड ५३ लाख २७ हजार ९२० बराबरको सेयर कारोबार भएको छ।

यस्तै एनएमबी बैंक रु तीन करोड ८५ लाख ७९ हजार ३१७, कृषि विकास बैंक रु दुई करोड ८३ लाख ७३ हजार ५५२, डिप्रोक्स लघुवित्त वित्तीय संस्था एक करोड ३५ लाख ३० हजार ६००, नेपाल बैंक लिमिटेड रु एक करोड १५ लाख ४१ हजार १७४ र प्रभु बैंक रु एक करोड नौ लाख ३८ हजार ५५३ बराबरको शेयर कारोबार भई शीर्ष स्थानमा रहे।

नेप्सेका अनुसार नयाँ नेपाल लघुवित्त विकास बैंक ९.९१, सर्पोट माइक्रोफाइनान्स वित्तीय संस्था ९.७६, माउण्टेन हाइड्रो ६.६७, साल्ट ट्रेडिङ कर्पोरेसन ६.६२, लुम्बिनी विकास बैंक ६.३२ र आरएसडिसी लघुवित्त वित्तीय संस्थाका सेयरधनीले ५.१९ प्रतिशतले कमाए।

त्यस्तै, अरुण काबेली पावर ४.०९, नेशनल हाइड्रोपावर ३.७७, आँखु खोला जलविद्युत् कम्पनी ३.५०, आँधीखोला लघुवित्त वित्तीय संस्था ३.४९ र सिन्धु विकास बैंकका सेयरधनीले ३.२ प्रतिशतले गुमाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .