ad ad

कारोबार


प्रभु बैंकका ग्राहकलाई जनकपुरको होटल सीताशरणमा छुट

प्रभु बैंकका ग्राहकलाई जनकपुरको होटल सीताशरणमा छुट

नेपालखबर
भदौ १, २०७९ बुधबार १९:२३, काठमाडौँ

प्रभु बैंक लिमिटेड र जनकपुर स्थित होटल सिताशरण प्रा .लि. बीच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । 

बैंकका तर्फबाट जनकपुर शाखा कार्यालय प्रमुख अशोक कुमार साह र होटल सिताशरण प्रा .लि. का तर्फबाट महाप्रबन्धक कमल सिंह साउदले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन्।

प्रभु बैंक र उक्त होटलबीच सम्पन्न सम्झौताअनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहेका सम्पूर्ण ग्राहकहरुले होटल सीताशरण प्रालिद्वारा सञ्चालित ‘फुड’ र ‘बेभरेज’ सेवामा १० प्रतिशत र लजिङ्ग सेवामा १५ प्रतिशत छुट प्राप्त हुने भएको छ। 

उक्त सम्झौताअन्तर्गत होटल सिताशरण मा सुविधा लिन चाहनुहुने प्रभु बैंकका ग्राहकहरुले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा, होटल सिताशरण का उल्लेखित सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाईएको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .